काठमाडौँ : तेश्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२० मा सहभागीतको लागि चलचित्रकर्मीहरुलाई आव्हान गरिएको छ । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी यहि २०२० फेब्रुअरी १३ देखि १७ सम्म काठमाडौंमा महोत्सवको आयोजना हुने बताउँदै चलचित्रकर्मीहरुलाई सहभागीताको लागि आव्हान गरेको हो ।
चलचित्र महोत्सवमा सहभागिता जनाउन इच्छुक फिल्मकर्मीहरुले २०१९ जुन १५ देखि अक्टोबर ३० सम्ममा आवेदन दिन सकिने प्रतिष्ठानले जनाएको छ ।
‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलको तेश्रो संस्करण आयोजना हुन लागेको हो ।
यो वर्ष महोत्सवमा एनिमेसन र बृत्तचित्रको विधा पनि थपिएको छ । यस वर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय फिचर र डकुमेन्ट्री फिल्मसँगै एनिमेटेड र डकुमेन्ट्री फिल्मलाई पनि समावेश गरिएको हो ।
महोत्सवमा उत्कृष्ट हुने चलचित्रहरुलाई राशी पुरस्कार सहित पुरस्कृत गरिने पनि जनाइएको छ । अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वाेत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशीसहित गौतम बुद्ध अवार्ड, सर्बोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशीको माउन्ट एभरेष्ट अर्वाड, सर्बोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७ सय ५० डलर राशीको मञ्जुश्री अवार्ड, सर्बोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशीको बागमती अर्वाड प्रदान गरिने भएको हो ।
त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु १ लाख राशीको नगदसहित पुरस्कार, उत्कृष्ट सर्ट फिल्मलाई नगद रु ५० हजार सहित पुरस्कार र सर्ट मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई टफि प्रदान गरिने छ भने फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई ट्रफि प्रदान गरिने भएको छ ।
साथै अगस्ट २१ देखि २७ सम्म प्रतिष्ठानले पटकथा लेखन कार्यशाला सञ्चालन गर्ने पनि जनाएको छ । कार्यशालामा सहभागिताको लागि जुन १५ वाट आवेदन खुल्ला गरिनेत । एक हप्ते कार्यशालामा ४० जना मात्र सहभागी गराइने प्रतिष्ठानले जानकारी दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस