काठमाडौँ : वर्ल्ड युएसए-नेपाल म्युजिक अवार्ड २०१९ को आयोजना अमेरिकामा हुने भएको छ। राजधानीको बानेश्वर स्थिति इन्द्रेणी फुडल्याण्डमा वर्ल्ड कनेक्सन युएसए आइएनसीले पत्रकार सम्मेलन गरेर उक्त अवार्डको आयोजना गर्न लागिएको जानकारी दिएको छ।
वर्ल्ड युएसए-नेपाल म्युजिक अवार्ड २०१९ का अध्यक्ष आङगेलु सेर्पाको सभापतित्वमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका महासचिव सुमन बुढाले अवार्ड निश्पक्ष र विवादरहित हुने जिकिर गरेका छन्।
उनले भने, ‘अवार्ड नयाँलाई प्रोत्साहन र अभिभारा हो। तर, नेपालमा हुने अवार्डको मूल्य घट्दै गएको छ। विवादरहित बन्न सकेको छैन। आफ्न्त, नातावाद, चिनजान, वरिष्ठ, चलेको, पैसा आदीका आधारमा विक्री गरिने आरोप खेपिरहेको छ। यस क्षेत्रको उचित विकास र विश्वास कायम राख्नेमा हामी प्रयासरत रहेनेछौं।’
महाचिव बुढाले नेपाली गीत संगीतको अन्तर्राष्ट्रियकरण र लोपउन्मुख भाकाहरूको पुनःउत्थान गर्ने उद्देश्यले उक्त अवार्ड गर्न लागिएको बताए।
उनले भने, ‘नेपाली लोकगीतको क्षेत्रमा आदीवासी भाकाहरू हराउँदै गएका छन्। जस्तै नानुलेभाका, सुनीमायाभाका, हुद्राभाका तेस्रोभाका, ठाडोभाका, पाङ्दुरे भाका आदी भाकाहरू विस्तारै हामीले बिर्सिँदै गइरहेका छौं। यो हामी नेपाली संगीत पारखिहरूका लागि राम्रो सन्देश होइन।’
उनले अगाडि भने, ‘अवार्डलाई हामीले अर्थोपार्जनमूखि बनाउने छैनौं। विश्वभर छरिएर रहेका नेपाली सांगीतिक प्रतिभाको प्रवद्र्वन र एकत्रित गर्ने सुते बन्न चाहन्छौं।’ अवार्डको लागि एउटा गीतको प्रतिष्पर्धाको लागि २ हजार नेपाली रुपैयाँ शुल्क लाग्ने आयोजकले जानकारी दिएको छ। अनलाइन मार्फत फर्म भर्न सकिने छ। जुन २१ गतेदेखि अगष्ट ३० सम्म संसार भरीबाट दर्ता गराउने सकिने छ।
सेप्टेम्बर १ गतेदेखि १५ गतेसम्म ५ जना राष्ट्रिय ख्याति प्राप्त कलाकारलाई निर्णायकको रुपमा छनौट गरिने छ। सेप्टेम्बर २९ गते बाट विश्वभर भोटिङ गरी उत्कृष्ट १० मा परेका प्रतिभाहरूलाई निर्णायकको तर्फबाट ४० प्रतिशत र प्रत्यक्ष भोटिङबाट ४० प्रतिशत र सोसियल मिडियाबाट २० प्रतिशत अंकसहित उत्कृष्ट तीन हरेक विधाबाट चुनिनेछन्। अर्वाडको फाइनल कार्यक्रम नोभेम्बर २३ मा हुनेछ।
नेपाल सहित विश्वभरिबाट दर्ता भएका प्रतिभाहरुबाट उत्कृष्ट १० छनौट तल दिइएका विभिन्न संघसंस्थाका अध्यक्षहरुमार्फत गरिनेछ । हेर्नुहोस :
१) राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान (अध्यक्ष)
२) नेपाल चलचित्र कलाकार संघ (अध्यक्ष)
३) नेपाल गीतकार संघ (अध्यक्ष)
४) नेपाल बाद्य बादन संघ (अध्यक्ष)
५) नेपाल संगीतकार संघ (अध्यक्ष)
६) आदिवासी चलचित्र कलाकार संघ (अध्यक्ष)
७) नेपाल प्रस्तोता समाज (अध्यक्ष)
८) नेपाली अमेरिकन कलाकार संघ (अध्यक्ष)
९) अन्तराष्ट्रिय कलाकार मञ्च (दिवस) (अध्यक्ष)
१०) अन्तराष्ट्रिय साहित्यकार संघ (अध्यक्ष)
११) नेपाल म्युजिक भिडियो कलाकार संघ
यीनै संस्थाका अध्यक्षहरुले पहिलो चरणको निर्णायकको रुपमा हरेक विधाबाट उत्कृष्ट १० छनौट गर्नेछन् । को निश्पक्ष हिसाबले हरेक विद्याबाट १० जनालाई उत्कृष्ट १० छनोट गरी आयोजकलाई दिनेछ ।
टप टेन पछि भोटिङ
५० प्रतिशत भोटिङ
३० जुरी
२० सोसियल मिडिया
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस