काठमाडौं : कलाकार, पत्रकार, खेलकुदकर्मीहरुलाई सक्रिय बनाउँन स्थापित बक्स अफिस इन्टरनेशनल ग्रुप तथा बक्स अफिस फिल्म क्लव नेपालले विगत ११ वर्ष देखि दशरथ रंगशाला, दुबई, युएई, आर्मी अफिसर्स क्लब तथा हायात होटलमा दर्जनौं चलचित्रकर्मीका साथमा बक्स अफिस फिल्म फेयर अवार्ड भव्य रुपमा सम्पन्न गरेर सबैको विश्वास प्राप्त गरेको एक जिम्मेवार संस्था हो ।
संस्थाले बक्स अफिस दैनिक, बक्स अफिस साप्ताहिक, बक्स अफिस अनलाइन मिडियालाई पनि निरन्तरता दिदै आएको छ । झण्डै एक हजार भन्दा बढी चलचित्रकर्मीहरु सक्रिय रुपमा आबद्ध भएको यो संस्थाले विश्वमै पहिलोपटक उडिरहेको प्लेन, समुन्द्रमुनि, समुन्द्रमाथि, विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविरमा अवार्ड आयोजना गरेर गिनिज बुक अफ द वर्ल्ड रेकर्ड्समा नाम लेखाउँदै पटक–पटक विश्व किर्तिमान कायम गरि नेपाली चलचित्र र देशको नाम उच्च राखेको अग्रज चलचित्रकर्मी तथा गीत संगीत सर्जकहरुको भनाई छ ।
अरबियन मुलुक, दक्षिण एशिया, युरोपियन मुलुक मात्र होइन बेलायतमा पनि पहिलोपटक नेपाली फिल्मको भव्य अवार्ड आयोजना गरी सबैको विश्वास प्राप्त गरेको यस संस्थाले गत वर्ष झैं यो वर्ष पनि नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्ड २०७६ भव्यताका साथ हङकङमा सम्पन्न गर्न गैरहेको छ ।
सिंगापुर पछि हङकङमा आयोजना हुन गैरहेको यस अवार्डमा वार्षिक रुपमा गाउँ, शहर र विदेशमा गरी हजारौं गीत, संगीतहरु उत्पादन हुने हाम्रो बजारमा सम्पूर्ण स्रष्टाहरुलाई समेट्न एक व्यक्ति र एक संस्थाले मात्र सक्षम तथा संभव नहुने भएको हुँदा गीत, संगीत क्षेत्रमा आफ्नो महत्वपूर्ण योगदान दिनुहुने प्रसिद्ध गीतकार मिनसागर लामा, चर्चित मोडल शंकर विसी, चर्चित नायक धिरेन शाक्य, नृत्य निर्देशक शिव विक, अनिता श्रेष्ठ, गीत, संगीत क्षेत्रमा लामो समयदेखि लागिपरेका कुमार कार्की, नवीन लामा, पद्म रोेकाया, लोकदोहोरी गायक हरि डाँगी, नरहरि पे्रमी, विकास चौधरी लगायत विभिन्न स्रष्टाहरुलाई समेटेर ३२ जनाको टिम अप संयोजक गरिएको छ । शनिवार अवार्ड समारोहको वृहत टिम अप संयोजक गरि उक्त टिम अपको फोटो सेसनको कार्यक्रम सम्पन्न गरेको छ ।
टिमअपको फोटो सेसनसंगै कार्यक्रममा अवार्डको ट्रफी, अवार्डको आवेदन फर्म र यस भन्दा अगाडि सिंगापुरमा सम्पन्न भएको संस्करणमा महत्वपूर्ण सहयोग गर्नुहुने वरिष्ठ संगीतकार शंभुजित बास्कोटा, सुन्दर श्रेष्ठ, आइडियल डिजाइनर्स, राजु सिंह, महेश खड्का, वसन्त सापकोटा, शान्तिराम राई, सुदर्शन सापकोटा, रंगशाला स्पोर्टस वेयर, स्वतन्त्र महर्जन, जीवन शाहीलाई मायाँको चिनो प्रदान गरिएको थियो भने त्यसैगरी कार्यक्रमलाई भव्य र ऐतिहासिक रुपमा सफल पार्न महत्वपूर्ण सहयोग गर्नुहुने च्याङवा लामालाई मायाँको चिनोबाट सम्मान गरेको थियो ।
कार्यक्रममा नेशनल वक्स अफिस म्युजिक भिडीयो अवार्डमा सहभागी सम्पूर्ण स्रष्टाहरुलाई समेटिएर नेशनल बक्स अफिस म्युजिक च्याम्पियन फुटबल कप ३२ टिम संयोजन गरी रमाइलो खेल खेलाउने र उक्त खेलको ट्रफी पनि सामुहिक रुपमा सार्वजनिक गरिएको छ ।
अवार्डमा उत्कृष्ट गीतकार, उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट कला निर्देशन, उत्कृष्ट ड्ेर्स डिजाइनर, उत्कृष्ट कलर करेक्शन, उत्कृष्ट छायांकार, उत्कृष्ट म्युजिक एरेन्जर, उत्कृष्ट युगल गायक, उत्कृष्ट युगल गायिका, उत्कृष्ट सम्पादक, उत्कृष्ट समूह गायन, उत्कृष्ट भिडियो सम्पादक, उत्कृष्ट पप गीत, उत्कृष्ट लोक दोहोरी गीत, उत्कृष्ट आधुनिक गीत, उत्कृष्ट भाषिक गीत, उत्कृष्ट श्रृंगार, उत्कृष्ट चाडपर्व, उत्कृष्ट महिला मोडल, उत्कृष्ट पुरुष मोडल, उत्कृष्ट नृत्य निर्देशक, उत्कृष्ट गीतकार, उत्कृष्ट नव–गायक, उत्कृष्ट बाल गायक, उत्कृष्ट बाल गायिका, उत्कृष्ट नव–गायिका, उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट संगीतकार, उत्कृष्ट भिडियो निर्देशक, उत्कृष्ट डिजिटल कारोबार, उत्कृष्ट स्टुडियो हाउस, उत्कृष्ट प्रचार–प्रसार सञ्चार माध्यम, उत्कृष्ट कोरस ‘कला केन्द्र’, म्युजिक भिडियो अफ द इयर, मोफसल, प्रवास अन्य विधा गरी भोटिङ कृटिक्स, जुरी, आयोजक इनकरेजमेन्ट अवार्डबाट स्रष्टाहरुलाई सम्मान गरिने आयोजक संस्थाका अध्यक्ष आर.के.सुवेदीले जानकारी दिए ।
असार १ गते देखि देश विदेशमा लिखित तथा अनलाइनबाट सजिलै फर्म भर्ने घोषणा गरेको उक्त कार्यक्रममा भर्खरै सम्पन्न भएको कलाकार संघको नव निर्वाचित कार्यसमितिलाई वक्स अफिस फिल्म क्लब नेपाल, बक्स अफिस इन्टरनेशनल ग्रुपका अध्यक्ष आर.के.सुवेदीले सफल कार्यकालको शुभकामना दिंदै सम्मान पनि गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस