नेपाल चलचित्र नृत्य सङ्घले ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला गर्ने भएको छ । नेपाली चलचित्र क्षेत्रमा नृत्य कर्म गर्नेहरुको सङ्घ नेपाल चलचित्र नृत्य सङ्घले यही असार ६ गते शुक्रबार ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला गर्ने भएको हो । नृत्य प्रशिक्षक लिइसकेका, सहायक नृत्य निर्देशक, नृत्यलाई पेश बनाइरहेकाहरुका साथै यसमा रुची राख्नुहुने सबैले यसमा सहभागी हुन पाउने सङ्घका अध्यक्ष वसन्त श्रेष्ठ बताउँछन् । कार्यशालामा भाग लिएकाहरुलाई छायाँकन अवधिमा छिटो–छरितो तवरले छायाँकन गर्न सक्ने मौलिकता, इतिहास, संस्कृति, भेषभूषा, सङ्गीत आदिको ज्ञान आर्जन गर्न सक्ने र यस्तो कार्यशालाले निर्माण पक्षलगायत देशकै संस्कृति सम्वद्र्धन र चलचित्रकर्मीहरुलाई फाइदा पुर्याउने अध्यक्ष श्रेष्ठ बताउँछन् । यही एकदिने कार्यशालको विषयमा रहेर नेपाल चलचित्र नृत्य सङ्घका अध्यक्ष वसन्त श्रेष्ठसँग गीता अधिकारीले गरेको कुराकानी :
-असार ६ गते शुक्रबार हुन गइरहेको कार्यशालाको तयारी कस्तो हुँदै छ ?
हाम्रो एकदिने कार्यशालाको तयारी अन्तिम चरणमा छ । ६ गते शुक्रबारका लागि हामीले सम्पूर्ण तयारी गरेका छौ । यस्तो कार्यशाला सायद भएको छैन ।
-यो कार्यशालाले यस क्षेत्रमा काम गरिरहेका लागि के कस्तो फाइदा पुग्छ ?
कार्यशालामा भाग लिएकाहरुलाई छायाँकन अवधिमा छिटो–छरितो तवरले छायाँकन गर्न सक्ने मौलिकता, इतिहास, संस्कृति, भेषभूषा, सङ्गीत आदिको ज्ञान आर्जन गर्न सक्ने र यस्तो कार्यशालाले निर्माण पक्षलगायत देशकै संस्कृति सम्वद्र्धन र चलचित्रकर्मीहरुलाई फाइदा पुर्याउँछ ।
-कस कसले सहभागीता जनाउँदै छन् कार्यशालामा ?
नृत्य प्रशिक्षक लिइसकेका, सहायक नृत्य निर्देशक, नृत्यलाई पेश बनाइरहेकाहरुले यसमा सहभागी हुने पाउनेछन् । त्यस्तै सम्पादनको कार्य गर्नेलाई पनि फाइदा पुग्छ यो कार्यशालाले । धेरै भन्दा धेरैलाई हामीले सहभागीता गराउने योजना बनाइरहेका छौ । हामीले त्यस्तो कुनै निश्चित मापदण्ड बनाएका छैनौ । रुची हुने सबै आउन सक्नु हुन्छ ।
-के कति खर्च लाग्छ कार्यशालामा सहभागिता जनाउनका लागि ?
हामीले आर्थिक भार त्यति पार्दैनौ । एक हजार रुपैयाँ मात्र राखेका छौ । यसैलाई पैसा तिरेर सिक्नु परेमा धेरै महङ्गो पर्छ । त्यसैले यो मौकाकाके फाइदा उठाउनहुन सबैलाई आग्रह पनि गर्दछु ।
-क कसले प्रशिक्षण दिदै हुनुहुन्छ ?
हाम्रो पशिक्षकमा क्यामेरामा गौरी शंकर धुजु, सम्पादनमा वनिश शाह र निर्देशकमा लक्ष्मी नारायणा शर्मा हुनुहन्छ ।
-यो कार्यशालाको लागि कसले सहयोग गर्दै छ ?
हामीले सहभागिबाट एकहजार रुपैयाँ लिएका छौ । त्यस्तै चलचित्र विकास बोर्डले पनि केही सहयोग गर्दैछ । आर्थिक पक्ष भन्दा पनि संस्थाले केही गरौ भनेर गर्न लागिएको कार्य हो । यो क्षेत्रमा लागेकाहरुका लागि आवश्यक छ भनेर गर्न लागिएको हो ।
कार्यशालामा काठमाडौंमा रहेकाहरुलाई मात्र समेटदै हुनुहुन्छ कि काठमाडौं बाहिरबाट पनि सहभागिता रहने छ ?
हामीले यो कार्यशालामा काठमाडौंमा मात्र रहेकालाई नभएर काठमाडौं बाहिर रहेर यो क्षेत्रमा काम गरिरहेकालाई पनि समेटेका छौ । हामीले झापा, मोरङ, पोखराका साथै देशका अन्य ठाउँबाट पनि सहभागिता गराउँदै छौ । हामीले एकहजार जना जतिलाई सहभागिता गराउने योजना बनाएका छौ ।
अन्त्यमा ?
नेपाल चलचित्र नृत्य सङ्घले ‘चलचित्रमा नृत्य’ नामक एक दिने कार्यशाला यही असारको ६ गते शुक्रबार गर्न गइरहेका छौ । यसमा साथ सहयोग पुर्याउनु हुन सबैमा हार्दिक अपिल गर्दछु । यो कार्यशालाले यस क्षेत्रमा लागेका हरुको सिप वृद्धिमा सहयोग पुर्याउने अपेक्षा लिएका छौ । यसका लागि सम्बन्धित सबैको साथ सहयोगको अपेक्षा राखेका छौ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस