काठमाडौं-पछिल्लो समय नेपाली नायक नायिकाहरु म्युजिक भिडियो अभिनयमा अलिक बढी ब्यस्त देखिन्छन । त्यसमा नायिका वर्षा शिवाकोटी र आकाश श्रेष्ठको नाम अगाडी आउछ ।
यी २ को बेजोड अभिनय रहेको ‘लाखौ सपना’ बोलको गीत सार्वजनिक भएको छ । उत्कृष्ट भिडियोको साथमा सुन्दर शब्द संगीतमा यो गीत बजारमा आएको छ ।
गीतको भिडियोमा आकाश र वर्षाले कालजय अभिनय गरेका छन् भने गीतको भावलाई बखुबी भिडियोमा अभिनय मार्फत उतारेका छन् । गीतमा हेम मोक्तान तामाङको शब्द र स्वर समावेश रहेको छ । स्वरमा उनलाई गायिका प्रबिशा अधिकारीले साथ दिएकी छिन् ।
तारा प्रकाश लिम्बुको संगीत रहेको गीतलाई उदय राज पौडेलले अरेन्ज गरेका छन् । यस्तै गीतको भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका हुन् भने राज महर्जनको भिडियोमा कोरियोग्राफी रहेको छ । टेकेन्द्र शाहले भिडीयो सम्पादन गरेका हुन् ।
यस्तै भिडियोको निर्देशन भने चर्चित फिल्म निर्देशक मिलन चाम्सले गरेका हुन् । एकसाएक चलचित्र दर्शकहरु माझ पेश गरिसकेका उनले मौका मिले सम्म बेलाबखतमा म्युजिक भिडियो पनि निर्देशन गर्ने गरेका छन् । त्यसै मध्य उनको यो नया उत्पादन हो । भिडियोलाई उनले फिल्मी शैलीमा प्रस्तुत गर्ने कोशिश गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस