काठमाडौँ : वर्ल्ड कनेक्सन युएस इन्कको आयोजनामा हुन गईरहेको “वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९” को आबेदन दर्ता फर्म खुल्ला भएको छ । नेपाली गित संगीतलाई विश्व बजारमा चिनाउदै नेपाली सस्कृति, पहिचानलाइ अन्तराष्ट्रिय स्तरमा परिचित गराउदै धार्मिक, सास्कृतिक तथा पर्यटन क्षेत्रलाइ समेत प्रबर्धन गर्ने उदेश्यले यस म्युजिक अवार्ड गर्न लागिएको वर्ल्ड कनेक्सन युएस इन्कका अध्यक्ष आङ गेलु शेर्पाले बताए। उक्त अवार्ड विदेशमा गरिएका नेपाली गीत–संगीतसँग सम्बन्धित अहिलेसम्मकै सबैभन्दा ठूलो हुने कुरा समेत शेर्पाले बताए ।
अवार्डको लागि एउटा गीतको प्रतिष्पर्धाको लागि २ हजार नेपाली रुपैयाँ शुल्क लाग्ने आयोजकले जानकारी दिएको छ। अनलाइन मार्फत समेत फर्म भर्न सकिने छ। जुन २१ गतेदेखि अगष्ट ३० सम्म संसार भरीबाट दर्ता गराउने ब्यबस्था गरिएको छ ।
सेप्टेम्बर १ गतेदेखि १५ गतेसम्म ५ जना राष्ट्रिय ख्याति प्राप्त कलाकारलाई निर्णायकको रुपमा छनौट गरिने छ। सेप्टेम्बर २९ गते बाट विश्वभर भोटिङ गरी उत्कृष्ट १० मा परेका प्रतिभाहरूलाई निर्णायकको तर्फबाट ४० प्रतिशत र प्रत्यक्ष भोटिङबाट ४० प्रतिशत र सोसियल मिडियाबाट २० प्रतिशत अंकसहित उत्कृष्ट तीन हरेक विधाबाट चुनिनेछन्। अर्वाडको फाइनल कार्यक्रम नोभेम्बर २३ मा जानकारी अवार्डका संयोजक सुमन बुढाले जानकारी गराए ।
उत्कृष्ट पार्श्व गीत (पुरुष र महिला), भाषाभाषीका चलचित्रका गीत (पुरुष र महिला), आधुनिक गीत (पुरुष र महिला), लोक दोहोरी गीत (पुरुष र महिला), लोक गीत (पुरुष र महिला), गीतकार, संगीतकार, म्युजिक भिडियो निर्देशन, संगीत संयोजन, लोपन्मुख गीत (पुरुष र महिला), पप गीत (पुरुष र महिला), लोक गीत लय संकलक र म्युजिक भिडियो मोडल (पुरुष र महिला) गरी १३ विधामा अवार्ड दिइने वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९का संयोजक सुमन बुढा बताउछन ।
वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युयोर्क २०१९ को आबेदन दर्ता फर्म निम्न स्थानमा पाइने आयोजक सस्थाले जानकारी गराएको छ ।
१) राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान
२) नेपाल चलचित्र कलाकार संघ
३) नेपाल गीतकार संघ
४) नेपाल बाद्य बादन संघ
५) नेपाल संगीतकार संघ
६) आदिवासी जनजाति चलचित्र महासंघ
७) नेपाल प्रस्तोता समाज
८) नेपाली अमेरिकन कलाकार संघ
९) अन्तराष्ट्रिय कलाकार मञ्च
१०) अन्तराष्ट्रिय कलाकार मंच (इनास)
११) नेपाल म्युजिक भिडियो कलाकार संघ
१२)रोयल्टी संकलन समाज
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस