काठमाडौँ : गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव तथा सातौँ स्रष्टा सम्मान कार्यक्रममा राजधानीमा शनिवार सम्पन्न भएको छ । सो अवसरमा विभिन्न कलाकार तथा साहित्यकारलाई समेत पुरस्कृत गरिएको थियो ।
यो वर्षको राष्ट्रिय स्रष्टा पुरस्कारबाट प्रतिष्ठीत गीतकार नगेन्द्र थापालाई नगद राशि एक लाख एक रुपैयाँ राष्ट्रिय श्रस्टा सम्मान – २०७५, हङकङमा रहेका गीतकार रामकृष्ण बान्तवालाई नगद राशि एघार हजार रुपैयाँ सहित डायस्पोरा श्रस्टा सम्मान – २०७५, बर्ष गीत पुरस्कार – २०७५ डा. डि. आर. उपाध्याय र हाङयुग अज्ञात सयुक्त रूपमा एकाउन्न हजार,
बर्ष गीति पुस्तक -२०७५ गौरव गुरुङ र उर्मिला कोइरालालाई सयुक्त रूपमा एकाउन्न हजार नगद राशि सहित सम्मान गरिएको थियो ।
सङ्घ सल्लाहकार यादव खरेलले राष्ट्रिय स्रष्टा सम्मानबाट पुरस्कृत थापाको व्यक्तित्वका बारेमा चर्चा गर्दै उहाँ अन्तरमुखी र सहयोगी स्वभावको कलाकार भएको बताए । उनले दार्जिलिङ र नेपालको सुगम सङ्गीतलाई जोड्न महत्वपूर्ण भूमिका रहेको बताए ।
साहित्यकार प्रकाश सायमीले गीतकार थापाले नारायण गोपाललाई स्थापित गर्न र माधव घिमिरेलाई राष्ट्रकवि बनाउनमा समेत अग्रणी भूमिका रहेको बताए । सम्मानित गीतकार थापाले सम्मानबाट आफूलाई आन्तरिक ऊर्जा मिलेको बताए ।
सङ्घका अध्यक्ष चूडामणि देवकोटा र अधिवक्ता तथा सदस्य रमेश कोइरालाले गीत सङ्गीत र साहित्यका माध्यमबाट समाजलाई सही मार्गमा डोर्याउन सङ्घले आफ्ना गतिविधि सञ्चालन गरिरहेको बताए ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले कलाकारले तराई र पहाडलाई जोड्न अभिप्रेरित गर्ने गीत सङ्गीत बनाउनुपर्ने बताए । ‘मुलुकमा भएका परिवर्तनका आन्दोलनमा कलाकार र साहित्यकारको योगदानको कदर गर्नुपर्छ’, उनले भने, ‘कलाकार र साहित्यकारको खबरदारीले राज्य सञ्चालन गर्नेलाई सचेत बनाइरहेको हुन्छ ।’ उनले कलाकार र साहित्यकारले प्रकृतिसँग जोडिएका विषयवस्तुलाई उठान गर्नुपर्ने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस