काठमाडौं-प्रकाश सपुतको लोकगीत ‘गलबन्दी’ विवादको विषय संसदमा उठेको छ। सांसद मीनबहादुर विश्वकर्माले सपुतको गीत आफ्नो गीतसँग लय मिलेको भन्दै शम्भु राईले मुद्दा हालेको विषयमा आपत्ति जनाएका छन्।
‘एक दिन एकपटक एक कलाकारले कुनै एक समयमा गाउने वा रेकर्ड गरिएको गीत लोकभाका हुन सक्दैन। गाउँघरमा, रोधीघरमा, मेलापातमा, गोठालामा स्वस्फूर्त गाउने भाका नै लोकभाका हो। यो न नक्कल हुन्छ न चोरी गरिन्छ,’ सांसद विश्वकर्माले भने, ‘यद्यपि प्रकाश सपुतले गाएको गीतको भाका कसैसँग मिल्दैन। शम्भु राईसँग त झन् मिल्दैन।’
सपुतको गीत आफ्नो गीतसँग मिलेको भन्दै गायक राईले कपीराइटको उजुरी दर्ता गराइसकेका छन्। सांसद विश्वकर्माले यसरी मुद्दा हाल्नु प्रतिष्ठित कलाकारका हिसाबमा लज्जाको विषय भएको बताए।
‘राई र उनका मतियारले सामाजिक सञ्जालको दुरुपयोग गरी सपुतलाई जातीय भेदभागका दृष्टिले गालीगलौज गरर्ने र हतोत्साही बनाउने काम गरिएको छ,’ उनले भने, ‘संविधान कानुनको बर्खिलाफ हुने गरी सिंगो दलित समुदायलाई जातीय अपमान गरिएको छ। त्यस्ता व्यक्तिहरुलाई साइबर कानुन अन्तर्गत जातीय छुवाछुत तथा भेदभाव कसुर सजाय ऐन अन्तर्गत तत्काल कानुनी दायरामा ल्याउन माग गर्छु।’
कारबाहीको प्रक्रिया नथालिए सिंगो दलित समुदाय आन्दोलनमा उत्रने पनि उनले चेतावनी दिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस