काठमाडौं : खालिङ सिस्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘द डार्क एण्ड लाइट’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ ।
मंगलबार पोखरामा चलचित्रको ‘राधा कृष्ण…’ गीतको छायांकनसंगै चलचित्रको सम्पूर्ण छायांकन सम्पन्न भएको घोषणा गरिएको हो ।
चलचित्रको उक्त प्रमोशनल गीतमा अभिनेत्री मरिष्का पोखरेलले आकर्षक नृत्य गरेकी छिन् । राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत निर्देशनको उक्त गीतमा डेविड शंकर तथा सरस्वती भुजेलको पाश्र्व गायन छ ।
चलचित्रको छायांकन सम्पन्न भए लगत्तै यसको प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ । चलचित्रकी निर्मात्री तथा कलाकार सरस्वती भुजेलका अनुसार यो चलचित्र यही भदौ ६ गते शुक्रवारदेखि देशव्यापी प्रदर्शन हुनेछ ।
चलचित्रलाई राजु अर्याल, पिटर खालिङ तथा सरस्वती भुजेलले निर्देशन गरिरहेका छन् ।
चलचित्र समसामयिक विषयमा आधारित छ । चलचित्रले हरेक व्यक्तिमा हुने नकारात्मक तथा सकारात्मक पक्षलाई उजागर गर्ने बताइएको छ ।
चलचित्रका प्रस्तुतकर्ता तथा अभिनेता पिटर खालिङका अनुसार चलचित्र कमेडी, रोमान्स तथा द्वन्द्वप्रधान छ ।
चलचित्रमा पिटर खालिङ र सरस्वती भुजेलसहित सेसुका राई, प्रिन्सा राई आदी कलाकारहरुले मुख्य भूमिका निर्वाह गरेका छन् ।
चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देशन छ भने चलचित्रलाई शिव ढकाल तथा सविन भट्टराईले छायांकन गरेका छन् । कमल राई यो चलचित्रको कोरियोग्राफर हुन् ।
सरस्वती भुजेल तथा पिटर खालिङ नै निर्माण रहेको यो चलचित्रको कथा, पटकथा तथा संवाद अभिनेता पिटर खालिङले तयार पारेका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस