काठमाडौं : नेपाली कथानक चलचित्र ‘जाइरा’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । भदौ ६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘जाइरा’को ‘आँखैले बोल्छ’ बोलको गीत सार्वजनिक गरिएको हो ।
सन्तोष लामाको स्वर, कल्याण सिंहको सङ्गीत र रवि मल्लले शब्द रहेको गीतको भिडियोमा चलचित्रका लिड कलाकार नम्रता श्रेष्ठ र अनुपविक्रम शाही फिचर्ड छन् । बिहीबार राजधानीको ठमेलमा रहेको लड क्लबमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गीतमा नम्रता र अनुपले स्टेजमा नृत्य समेत प्रस्तुत गरेका थिए ।
आशुतोष राज श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा नम्रता र अनुपसँगै प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नवकलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय रहेको छ । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’ का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतिमा चलचित्र बनेको हो ।
कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको सङ्गीत रहेको यो चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ । भने, द्वन्द्व कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । लोकेश बज्राचार्यले सम्पादन रहेको यस चलचित्रमा केशव थापाको नृत्य निर्देशन छ भने डी.ओ.पी. बाबु श्रेष्ठको रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस