काठमाडौं : काठमाडौंको डिल्लिबजार कालिकास्थानमा अवस्थित सर्वनाम थियटरमा नाटक ‘बिकास भर्सेस निकास’ मन्चन भैरहेको छ । राम बाबु रेग्मिको लेखन तथा निर्देशन साथै टेलिचलचित्र भद्रगोलका ‘काकु’ दिपक आचार्यको मुख्य भूमिका रहेको नाटक गत असार १३ गते देखी मन्चन सुरु गरिएको हो ।
नाटक असार २८ गतेसम्म मन्चन हुनेछ । रंगकला गोरखाको प्रस्तुति रहेको नाटकको बिषयबस्तु अहिलेको नेपालको वर्तमान परिस्थितिलाइ जस्ताको तस्तै रुपमा प्रस्तुत गरिएकोले दर्शकको राम्रो प्रतिकृया पाएको निर्देशकले बताए ।
‘यो नाटक मैले रत्नपार्कमा दिनहु हिड्दा देखिरहेको दृश्य र गोरखाको गाउहरुमा सडक नाटक गर्नको लागि घुमिरहदा मेरो मनमा गडेको बिषय बस्तुलाई एउटा काल्पनिक कथाको रुपमा चित्रण गर्न खोजेको हुँ’ निर्देशक रेग्मिले भने । राम बाबुका अनुसार देशको नीति नियम तथा सामाजिक सोच लाई फरक दृष्टिकोणबाट नाटकमा प्रस्तुत गरिएको छ । झट्ट सुन्दा विकासे नाटक जस्तो बिषय देखिए पनि यसको सेन्टीमेन्टको लागि आफुले यो कथा छानेको रेग्मिले बताए ।
नाटकमा दिपक आचार्य ‘काकु’, प्रकाश कट्टेल, अजय रेग्मी, मिलन गुरुङ्ग, विक्रम माझी, गौरब सापकोटा, सन्दिप घिमिरे, उमाकान्त सापकोटा, अमृता श्रेष्ठ, सुरज के सी, ससांक उप्रेती, प्रियना आचार्य र प्रेम अर्यालको अभिनय रहेको छ । विपुल थापामगरको संगित संयोजन तथा हुम बिसीको मञ्च परिकल्पना रहेको नाटक हरेकदिन बेलुका ५:३० बजेदेखी तथा शनिबार अतिरिक्त शो दिउसो १ बजे देखी पनि मन्चन भैरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस