काठमाडौँ : सरकारको आयोजनामा काठमाडौँमा हुने भनिएको इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) कार्यक्रम चौतर्फी विरोधपछि स्थगन भएको छ।
आइफा अवार्डसम्बन्धी सबै तारतम्यको जिम्मा पाएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले यसले पुष्टि गरेका हुन्। संसदीय समितिको निर्देशन र जनस्तरबाट भएको विरोधका कारण यो वर्ष आइफा अवार्ड कार्यक्रम नगर्ने निर्णयमा सरकार पुगेको कार्यकारी प्रमुख जोशीले जानकारी दिए।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले मंगलबार उक्त कार्यक्रम आयोजना नगर्न सरकारका नाममा निर्देशन दिएको थियो।
एक साताअघि मन्त्रिपरिषदको निर्णयसम्बन्धी जानकारी दिइने नियमित पत्रकार सम्मेलनमार्फत बिहीबार सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले आइफा अवार्ड काठमाडौँ गरिने बताएका थिए।
अवार्ड अगष्ट अन्तिम साता आयोजना हुने भनिएको थियो। यसका लागि सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्डयनका राज्यमन्त्री धनबहादुर बुढाको संयोजकत्वमा उच्चस्तरीय समिति बनाएको थियो।
कार्यक्रममा नेपाल सरकारको करिब १ अर्ब रुपैयाँ खर्च हुने बताइएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस