काठमाडौं : कतारमा हुन लागेको स्टार इन्टरनेशनल अवार्डको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । कतारको प्रतिष्ठित अन्तराष्ट्रिय बहुराष्ट्रिय संस्था स्टार अफ किङ्गसबाट नेपाली कला संस्कृतिको जगेर्ना तथा साङ्गीतिक स्रष्टाहरुलाई सम्मान गर्ने उद्देश्यले पहिलो पटक नेपाली कला र कलाकारहरुलाई अन्तर्राष्ट्रिय प्रर्वद्धन र विस्तार गर्ने हेतु अगष्ट १२, २०१९ मा रिजेन्सी हल्स दोहा कतारमा ‘स्टार इन्टरनेशनल अवार्ड २०१९’ को आयोजना हुँदैछ ।
२०७६ सालको ज्येष्ठ मसान्तभित्र सार्वजनिक भएका गीतहरुले प्रतिस्पर्धा गर्न पाउने छन भने ईच्छुक स्रष्टा, सर्जकले असार ३१ गते सम्म फाराम भरी आवेदन दिन सकिने र श्रावण ४ गते होटल दि हिमालय (ग्याङ्गजोङ्ग),लाजिम्पाटमा उत्कृष्ट टप ३ लाई कतारी संस्थाका प्रतिनिधी तथा नेपालका विशिष्ट व्यक्तित्वबाट प्रमाण पत्र वितरण गरिने जानकारी आयोजकले दिएको छ ।
कतार, कुवेत, यु.ए.ईलगायत गल्फका देशहरुमा आफ्ना व्यापार व्यवसाय विस्तार गरि सयौ नेपालीलाई रोजगारीको अवसर प्रदान गर्दै आएको र नेपाली कलाकारितालाई माया गर्ने संस्था स्टार अफ किङ्गसले नेपाली मनोरञ्जन ईतिहासमा पहिलो पटक अवार्डका लागी टप ३ बाट छनौट भएका विजेता कलाकारलाई अन्तर्राष्ट्रिय अवार्ड वितरण गर्नुका साथै केहि विशिष्ट स्रष्टालाई सम्मान गर्न लागेको हो ।
लामो समयदेखि नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरु आयोजना गर्दै लोकप्रिय सञ्चारमाध्यम समेत सञ्चालन गर्दै आईरहेको पेजेन्ट नेपाल तथा अरोमा इन्टरटेनमेन्टले संयोजन गरेको उक्त कार्यक्रममा करीब १५०० जना नेपाली, भारतीय तथा कतारी दर्शकको उपस्थितीमा नेपालका चर्चित कलाकारहरु आनन्द कार्की, सिताराम पोख्रेल प्रकाश सपुत, निरु खड्का, जानुका प्याकुली, स्मृति पोख्रेल, ,थानेश्वर गौतम, शिलाष्मा हमाललगायतको मनोरन्जनात्मक कार्यक्रम समेत रहने बताइएको छ ।
प्रमुख अतिथी पूर्व प्रधानमन्त्री झलनाथ खनाल, विशेष अतिथीहरु वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, चलचित्र विकास वोर्डक अध्यक्ष केशव भट्रराई, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, वरिष्ठ गायक रामप्रसाद खनाल, वरिष्ठ गायिका ज्ञानु राणा, वरिष्ठ रचनाकार डा. कृष्णहरि बराल, वरिष्ठ कलाकारहरु किरण केसी, शिवहरि पौडेललगायत कतार आयोजकको तर्फबाट मुनीर कान्ठोठ लगायतको उपस्थितीमा नेपाल भरबाट छानीएका विभिन्न विधामा टप तीन मा पर्न सफल व्यक्तित्वहरुको सम्मान कार्यक्रम राखीएको जनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस