काठमाडौं : दाईजो प्रथामा बनेको यादब कुमार भट्टराई निर्देशित चलचित्र ‘भोर’ अभिनेत्री पूजा कर्ण राष्ट्रिय चलचित्र पुरस्कार अन्तर्गत जुरी प्रोत्साहन सम्मान बाट सम्मानित भएकी छन । शुक्रबार राजधानीमा सम्पन्न कार्यक्रममा राष्ट्रपती बिद्यादेवी भण्डारी द्वारा कर्णलाई उक्त सम्मान प्रधान गरिएको हो ।
तराइमा ब्याप्त दाईजो प्रथा र त्यसले मानबिय जीवनमा परेको असरलाई चलचित्रमा देखाइएको छ । चलचित्रमा पूजा शारिरिक रुपमा असक्त भएपनी न्यायको लागि लड्दा थुप्रै बाधा अड्चनको सामना गर्दै गरेको द्रिश्यहरु समाबेश छ ।
चलचित्र भोर मा काम गरे पछी राष्ट्रको यती ठुलो सम्मान बाट सम्मानित हुन पाउदा आफु निकै खुशी भएको बताइन । मिडिया फर कल्चरको ब्यानरमा निर्माण भएको चलचित्र भोरमा रामनारायण ठाकुर , डली सरकार , प्रमेश झा, अनितारानी मण्डल, विष्णुकान्त झा, राजेश सक्सेना, बिएन पटेल, पुजा कर्ण लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रले नेपाली समाजमा बिशेषगरी तराई क्षेत्रमा दाइजो प्रथाले विकृति र त्यसबाट उत्पन्न विभिन्न समस्याको छर्लङ्ग चित्रण गर्ने प्रयास गरेको छ । चलचित्रले दाइजोका कारण समाजमा कयौँ घटनाहरुको जन्म हुन्छ भन्ने एक सशक्त सन्देश दिएको छ ।
देबेन्द्र सुबेदी प्रस्तुतकर्ता रहेको चलचित्रमा राज तिमल्सिना र राम गोपाल थापा निर्माताको रुपमा रहेका छन् । चलचित्रमा दिपक बज्राचार्यको छायाँकन तथा दिपक अधिकारि र किसन अर्यालको मुख्य सहायक निर्देशन रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस