काठमाडौँ : निर्वाण ‘एन’ म्युजिक लिंक ब्याण्डको चौथो गीति एल्बम “ब्रदरहुड” बिमोचन सम्पन्न भएको छ । चर्चित गायक तथा ब्याण्डका सदस्य प्रमोद निर्वाणको तथा अर्का सदस्य दिनेश लिम्बुको आवाज रहेको गीति एल्बम “ब्रदरहुड” आज एक समारोह बीच बिमोचन गरिएको छ ।
लामो समय पछि आएको बहुप्रतिक्षित एल्बममा ६ वटा गीतहरु समाबेश गरिएको छ भने जसमा गायक प्रमोद निर्वाणको ४ वटा गीतमा सुमधुर आवाज भरेका छन् भने बाकी २ वटामा दिनेश लिम्बुको आवाज रहेको छ । उक्त एल्बम भित्र म त एउटा गायक, बादलु उड्ने, बिर्सन सकिन, तिमि लाइ, बडि चाहना, भन्ने मायाका कुरा जस्ता मेलोडीले भरिएका गीतहरु समाबेश गरिएको छ ।
दर्जनौ चर्चित गीतहरु सांगीतिक बजारमा पस्केर चर्चाको शिखरमा पुग्न सफल गायक प्रमोद निर्वाणको लामो समयको मेहनत पश्चात यस एक्बम बाजारमा आएको हो । सार्बजनिक एल्बमका गीतहरुलाइ दामी म्युजिकको एप्स बाट सुन्न समेत सकिने गायक निर्वाणले बताए ।
उक्त एल्बम सार्बजनिक समारोहमा संगीतकार महेश ज्ञवाली, संचारकर्मी सुर्य चन्द, दामी म्युजिकका निर्देशक राज कुमार श्रेष्ठ, सुरेन अमात्य, डा. सौरब पोखरेल, राजेश श्रेष्ठ, प्रविन निर्वाण, गायकहरु रोशन श्रेष्ठ, महेश मुखिया, विश्वराम कार्की लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने सम्पूर्ण अतिथिहरुले सामुहिक रुपमा उक्त एल्बमलाई सार्बजनिक गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस