काठमाडौं-निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको घरायशी झगडाले अन्तत: डिभोर्सको रुप लिएको छ । नायिका शिल्पा पोखरेले आफूले पारपाचुकेको प्रक्रियामा गएको बताएकी छिन् । शिल्पाले निर्माता ओझामाथि आफ्नो हत्या गर्ने प्रयास गरेको समेत आरोप लगाएकी छिन् ।
शिल्पाले अरु बेला पनि घाँटी थिचेर झट्टै छोडिदिने गरेको तर गत असार ८ गते सास नै रोकिन्छ झैँ गरी घाँटी अठ्याएको आरोप लगाएकी छिन् । उनले छविराजले मिडियाका सामु झुट बोलिरहेको आरोप समेत लगाइन् ।
‘उहाँले यति झुट बोलिरहनुभएको छ कि, त्यही झुटका कारण म बाध्य भएर बोल्नुपरेको छ,’ शिल्पाले भनिन् ।
उनले बिहे भएको एक महिनासम्म आफूहरुबीच राम्रो सम्बन्ध रहे पनि त्यसपछि छविराज ओझाले आफूमाथि हिंसा गरेको बताइन् । उनले भनिन्, ‘विराटनगरमा बाबुआमाको ठूलो इज्जत छ, त्यही इज्जत जोगाउन मैले ३ वर्षदेखि हिंसा सहेँ ।’
उनले छविराजले बारम्बार आफूमाथि आरोप लगाउने गरेको बताइन् । सधै शंकाको दृष्टिले हेरेको र नानाथरी भन्ने, दिउँसै रमाएर हिँड्ने आइमाई भन्दै कुट्ने गरेको उनले सुनाइन् ।
‘शुरुदेखि नै शंका गर्नुहुन्थ्यो, जोसँग काम गर्यो, उहीसँग शंका गर्ने गर्नुहुन्थ्यो, पहिलो फिल्मदेखि अरु फिल्ममा खेल्ने कलाकारका बारेमा पनि मात्र भन्ने गनुहुन्थ्यो,’ शिल्पाले भनिन्, ‘आर्यन सिग्देलका बारेमा पनि मलाई उहाँले नकारात्मक कुरा भन्नुभएको थियो, त्यही भएर म फ्यान भएर पनि उहाँसँग राम्रोसँग नबोली फिल्मको शूटिङ सकियो ।’
उनले छविराज ओझामाथि सधै हिंसा र दबाबमा पारेको आरोप पनि लगाइन् । आफूले कुनै पनि फिल्म गर्दा छविराजकै अफिसमा बसेर गर्ने गरेको र हरेक फिल्ममा काम गर्दा पहिले सोध्ने गरेको पनि उनले बताइन् ।
‘मैले हरेक फिल्मको डिल गर्दा उहाँकै अफिसमा बोलाएर गर्थेँ, उहाँलाई सोधेर गर्थेँ, जो मान्छे भेटेपनि उहाँकै अफिसमा बोलाएर गर्थेँ, फिल्मको स्किृप्ट मेरोभन्दा पहिले उहाँको हातमा पुग्थ्यो,’ उनले भनिन् ।
शिल्पाले आफ्नो ३ वर्षे सम्बन्धलाई टुङ्ग्याउँदै डिभोर्स प्रक्रिया अगाडि बढाएकी छिन् । आफूले ३ वर्षदेखि अन्याय सहँदै आएको भन्दै उनले डिभोर्स दिएकी हुन् ।
‘उहाँले मलाई बारम्बार के भन्नुहुन्थ्यो भने, मैले एउटालाई मारिसकेँ, तलाईं मार्न गाह्रो छैन भन्नुहुन्थ्यो,’ शिल्पाले भनिन् ।
उनले इज्जतको ख्याल आफूमा पनि भएको र त्यही कारण आजसम्म चुप लागेको बताइन् । भनिन्, ‘मलाई एकदमै गाह्रो भयो र पो म प्रहरीकहाँ गएँ, ३ वर्ष सँगै बसेको मान्छेको मलाई माया लाग्दैन र ?’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस