काठमाडौँ : गायिका इन्दिरा भट्टराईको नयाँ तीज गीत बजारमा आएको छ । लामो समयदेखि सुगम संगीतमा सक्रिय भट्टराईले बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द रचना रहेको मौलिक तीज गीत बजारमा ल्याएकी हुन् । थुप्रै आधुनिक गीतमा आवाज भरेकी भट्टराले सार्वजनिक गरेको ‘नाचौँ मितिनी’ बोलको गीतमा लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका छन् ।
बिहिबार राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भएको छ । गीत सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै गायिका भट्टराईले भनिन् ‘तीजका नाममा बाहिर आएका तीजलाई सम्बोधन नगर्ने गीत भन्दा पर गएर मौलिक गीत खोज्दै जाँदा दिनेश अधिकारीसँग भेट भयो । उहाँ सँग गीत मागे । मलाई विश्वास गरेर गीत दिनु भयो । यो मेरो सांगीतिक करियरको एउटा सफलता मानेकी छु ।’ उनले आफूले यस गीतका लागि निक्कै मेहनत गरेको बताईन् ।
आफैले लेखेको गीतको म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथी भएर सम्बोधन गर्नु पर्दा बरिष्ठ गीतकार दिनेश अधिकारी आफूलाई सबैभन्दा अप्ठ्यारो भएको बताए । उनले पछिल्लो समय फरक बाटोमा हिड्दै गरेको गीत संगीतको बजारलाई लिएर गम्भिर देखिन्थे अधिकारी । संगीतकार सन्तोष श्रेष्ठ पनि मौलिक गीतको संगीतका लागि आफूलाई बिश्वास गरेर सम्झेको धन्यवाद दिदै थिए ।
सार्वजनिक ‘नाचौँ मितिनी’ बोलको उक्त गीतको म्यूजिक भिडियो निर्देशन पुरानी कलाकार सम्झना बुढाथोकीले गरेकी हुन् । भागिरथा गाहाको कोरियोग्राफी रहेको गीतको म्यूजिक भिडियोमा सम्झना बुढाथोकी, नितु कोईराला, सदिक्षा रावत र आरोही भट्टराईले अभिनय गरेका छन् । राजु केसीको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । गीतमा सुदिप रागरको संगीत संयोजन रहेको छ । भिडियो सहित :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस