काठमाडौं-रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनले आयोजना गरिएको रोज ब्युटिसियन पिकनिक क्वीन–२०१९ को उपाधि नृत्य कलाकार एवम् व्युटिसियन उषा लामाले जितेकी छिन् ।
रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले ६० जना भन्दा बढी व्युटिसियन प्रशिक्षार्थीहरुबीच शनिबार काठमाडौंको चोभारमा बनभोज तथा रोज ब्युटिसियन पिकनिक क्वीन–२०१९ आयोजना सम्पन्न गरेको छ । सोही प्रतियोगितामा सवैभन्दा उत्कृष्ट ५ वटा एकल नृत्य पस्केर उषाले शिर्ष उपाधि जितिन् । उक्त प्रतियोगितामा फस्ट रनरअपको उपाधि ब्युटिसियन अनिषा तामाङले र सेकेन्ड रनरअपको उपाधि ब्युटिसियन न्यान्सी राईले जितेका छन् ।
रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकि अध्यक्ष एवं बरिष्ट ब्युटिसियन सोनी कारञ्जित र रोज सिप विकाश तामिल केन्द्रकी प्रबन्ध निर्देशक तथा नेपालको कस्मेटिक साईन्समा पहिलो स्नातक गर्दै गरेकी नेपाली विधार्थी परिसी कारञ्जितले बिजेताहरुलाई क्राउन तथा स्यासे लगाईदिए भने गिफ्ट समेत प्रदान गरेका थिए ।
बिहान देखि बेलुका सम्म भएको प्रतियोगिता तथा बनभोज कार्यक्रममा १५ जना व्युटिसियनहरुले उत्कृष्ट नृत्य, गायन, अभिनय, क्यारिकेचर मार्फत विभिन्न पुरस्कार प्राप्त गरे । यसरी पुरस्कार प्राप्त गर्ने १५ ब्युटिसियनमा मिना तामाङ, मिसन श्रेष्ठ, प्रिती राई, काजल शर्मा, सोनिका बलामाी, सुरती बिक, रुपा गिरी, अनिता बलामी, सपना तामाङ, मिना माझी, रस्मिका मानन्धर, गँगा श्रेष्ठ, रोजिना चपागाईं, निर्मला सिंह र आर्या नकर्मी थिए ।
यो प्रतियोगिताको निर्णायकमा कस्मेटिक व्यबसायी संघका अध्यक्ष लक्ष्मीप्रसाल पौडेल(रंजित), बरिष्ट व्युटिसियन सुमी रंजित, आयोजक संस्थाकी अध्यक्ष एवम् बरिष्ट व्युटिसियन सोनी कारञ्जित, बरिष्ट ब्युटिसियनहरु गीता राई, प्रमिला कटुवाल, निशा श्रेष्ठलगायत थिए ।
ब्युटिसियनहरुलाई प्रोत्साहन गर्न बनभोजमा एक दीवसीय रोज ब्युटिसियन पिकनिक क्वीन–२०१९ प्रतियोगिता आयोजना गरिएको रोज सिप बिकास तालिम केन्द्रकी अध्यक्ष सोनी कारञ्जितले बताईन् । बरिष्ट व्युटिसियन सुमी रंजितले यस्तो कार्यक्रमले व्युटिसियनहरुलाई अझ नयाँ काममा प्रेरित बनाउने विश्वास व्यक्त गरिन् ।
रोज सिप विकाश तामिल केन्द्रकी प्रबन्ध निर्देशत तथा कस्मेटिक साईन्स स्नातककी नेपाली बिद्यार्थी परिसी कारञ्जितले आफ्नो आमा सोनी कारञ्जितको प्रेरणामा अब ईन्डियामा पढाई सकेर नेपाल आई अन्तराष्ट्रिय स्तरको कस्मेटिक सामाग्रीहरु उत्पादन नेपालबाटै गर्ने प्रतिबद्धता जनाईन् ।
उक्त अबसरमा बरिष्ट ब्युटिसियन, संचारकर्मी, फेसन डिजाईनर तथा अन्य ब्यबसायीहरुको समेत बाक्लो उपस्थिति रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस