काठमाडाैं-आमा फिल्ममा आमाको भूमिकामा अनुबन्ध भएकी सूर्यमाला खनालले फिल्मबाट हात झिकेकी छन् । उनको ठाउँमा अभिनेत्री मिथिला शर्माको प्रवेश भएको छ । ‘राम्ररी पानी नपरेका कारण फिल्मको छायांकन गर्न सकेका छैनन् । यही ताल हो भने फिल्मको छायांकन पूरा हुन एक/डेढ वर्ष नै लाग्नसक्छ’, निर्देशक खनाल भन्छन्, ‘उहाँ (सूर्यमाला खनाल) असोजमा जसरी पनि पारिवारिक कामले अमेरिका जानु पर्ने भएकाले फिल्म गर्न सक्नुभएन ।’
क्यारेक्टरमा सुहाउने भएकै कारण सूर्यमालाको ठाउँमा मिथिला शर्मालाई अनुबन्ध गरेको उनले बताए । निर्देशक खनाल कृत्रिम पानी झारेर फिल्मको छायांकन गर्ने पक्षमा छैनन् । उनी भन्छन्, ‘फिल्मको छायांकन त सुरु भइसकेको छ तर महत्त्वपूर्ण खिच्न पाएका छैनौं । म कम्प्रमाइज गर्दिन भनेर पानी कुरिरहेको छु । किनकि, फिल्ममा अधिकांश दृश्यमा पानी देखाउनु पर्नेछ । सिनेम्याट्रिक फिल निकाल्नका लागि म उपयुक्त समय नै पर्खिरहेको छु ।’
उनका अनुसार, फिल्ममा इन्डोरमा पनि पानी परेको देखाउनु पर्ने धेरै सिनहरु छन् । साउन दोस्रो सातामा पानीले साथ दिनेमा उनी ढुक्क छन् । ‘पशुपति प्रसाद’ पछि समीक्षात्मक र व्यावसायिक सफल फिल्म दिन नसकेका उनी ‘आमा’ ले दर्शकको अपेक्षा पूरा गर्ने बताउँछन् । यो फिल्मले आमा र छोरीको भावनात्मक सम्बन्धको कथा वाचन गर्ने बताइएको छ । छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्त छिन् ।
काठमाण्डौ र रामेछापको लोकेशनमा खिचिने फिल्मका सह–निर्मातामा सन्तोष अधिकारी छन् । आउँदो फागुन ९ गते प्रदर्शनमा आउने तयारीमा रहेको ‘आमा’ मा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको पनि फिल्ममा अभिनय रहनेछ । शर्मिला पाण्डेले निर्माण गर्ने फिल्मको कथा निर्देशक खनाल स्वयंले तयार पारेका हुन् । उनी आफैंले फिल्मको छायांकन गर्नेछन् । यसअघि उनले फिल्म ‘धनपति’ खिचेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस