काठमाडौं – हिन्दु नारीहरुको महान चाड तिज नजिकिदै गर्दा बिभिन्न खालका तिज गीत बजारमा सार्वजनिक हुने क्रम बढ्दो छ ।
यस्तैमा चर्चित गीतकार गायत्री थापाको शब्द तथा गायिका सर्मिला गुरुङ र राधा हमाल बाँनियाको स्वर रहेको तिज गीत ‘नाचौ दिदी बहिनी’ सार्वजनिक भएको छ ।
लोक शैलीमा तयार भएको गीतमा शब्दहरु सिम्पल तथा अर्थ पुर्ण छन् । पछिल्लो समय तिज गीतमा बिभिन्न खालका तडक भडकका शब्द प्रयोग गरेर ल्याइने गरेको छ । तर ‘नाचौ दिदी बहिनी’मा सानादेखि बृद्धसम्मले मनपराउने, बुझ्ने खालका शब्द छन् । गीत सबैको रोजाइमा पर्ने गीतकार गायत्री थापाको दाबी रहेको छ ।
गीतको भिडियो पनि आकर्षक बनेको छ । ऋचा थापा र अलिसा खत्रीको नृत्य रहेको म्युजिक भिडियो मदन खड्काले निर्देशन गरेका हुन् । बिकाश ज्ञवलीको सम्पादन रहेको भिडियो बिरेन्द्र भट्टले सम्पादन गरेका हुन् ।
नेपाली संगीतिक क्षेत्रमा थुप्रै चर्चित गीत गीतकार तथा गायिका गायत्री थापा ‘जनसेवा श्री सम्मान’बाट केही पहिले विभूषित समेत भएकी थिइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस