काठमाडौं- दीपकराज गिरी र दीपाश्री निरौला समुहले निर्माण गरेको फिल्म ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ मा निर्माताको रुपमा रहेका सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आफैं फिल्म निर्माणमा होमिँदैछन् । लामो समयदेखि दुईले फिल्म निर्माण गर्ने चर्चा चलेता पनि अब भने चाँडै छायांकन सुरु हुने भएको छ । ‘धुर्मुस-सुन्तली’ ले भरतपुरमा क्रिकेट रंगशाला र फिल्म निर्माणलाई सँगै लैजान लागेका हुन् ।
स्क्रिप्टमा काम भइरहँदा फिल्मको नाम ‘एन्टी-भाइरस’ जुराइएको थियो । तर, पछि ज्योतिषले ‘एस’ बाट नाम जुराउन सल्लाह दिएपछि ‘धुर्मुस-सुन्तली’ ले फिल्मको नाम ‘सेन्टी–भाइरस’ बनाए । अब फेरि फिल्मको नाम परिवर्तन भएको छ । दीपक-दीपालाई फापेको ‘छ’ नामबाटै फिल्मको नामाकरण गरिएको छ । ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने फाइनल भएको फिल्मको नाम ‘छल-कपट’ राखिएको छ ।
भाद्र १३ मा रामबाबु निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुँदैछ । यो फिल्म प्रदर्शनमा आएपछि ‘छल-कपट’ को छायांकन सुरु हुने बताइएको छ । फिल्ममा ‘धुर्मुस-सुन्तली’ कै प्रमुख भूमिका रहने निश्चित भइसकेको छ । कमेडी जनरामा निर्माण हुने फिल्ममा अभिनेता दयाहाङ राईको पनि अभिनय रहनेछ । तर, फिल्ममा उनको केमियो मात्र हुने निर्देशक रामबाबुले बताएका छन् ।
यसअघि रामबाबुले निर्देशन गरेका फिल्ममा दयाहाङले केमियो भूमिकामा काम गरेका छैनन् । उनी नै सेन्ट्रल क्यारेक्टरमा हुने गरेका छन् । यसकारण ‘धुर्मुस-सुन्तली’ को फिल्ममा पनि उनको प्रमुख भूमिका हुने स्रोत बताउँछ । फिल्ममा उनलाई प्रमुख भूमिकामा भित्राउन रामबाबुले स्क्रिप्टमा गतिलै कसरत गरिरहेको जानकारी प्राप्त छ । ‘छल-कपट’ का लागि अन्य कलाकार र प्राविधिक लाइनअप पूरा हुन बाँकी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस