काठमाडौँ- भदौ २७ गते रिलिज हुने सिनेमा ‘पासवर्ड’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सिनेमाको मुख्य कलाकारसहित बलिउड अभिनेत्री सन्नी लिओन पनि अटाएकी छन् ।
सिनेमाको मुख्य कलाकार आक्रामक मुद्रामा देखिएका छन् । भने, सन्नीको कामुक रुप देख्न सकिन्छ । एक आइटम गीतमा नृत्य पस्किएकी सन्नीको केहि संवादसहितको दृश्य पनि सिनेमामा समेटिएको निर्माण पक्षले बताएको छ ।
एक पोस्टरमा अभिनेता अनुपविक्रम शाही र विक्रम जोशीलाई रिसाहा रुप देखाइएको छ । यी दुई बीचको द्वन्द पोस्टरले प्रस्ट्याउछ ।सम्राट बस्नेतले निर्देशन गरेको सिनेमामा बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको पनि अभिनय छ ।
एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको सिनेमालाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको सिनेमामा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् ।
एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको सिनेमालाई सौरभ लामाले छायाँकन गरेका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस