बुटवल – लेखक सञ्जय काउछा मगरको ‘जिन्दगी’ कथा संग्रह सार्वजनिक भएको छ । नेपाली चलचित्रका कथा लेखन गर्दै आएका काउछाले पहिलो पटक साहित्यिक कथा संग्रह निकालेका हुन् ।
कथा संग्रहको गजलकार एवं प्राज्ञ बुद रानाले बुटवलमा एक समारोहबीच विमोचन गरेका हुन् । सो अवसरमा बोल्दै प्राज्ञ रानाले हरेक साहित्य मानव जीवनसंग सम्बन्धित र जीवन्त हुनुपर्ने औंल्याउंदै लेखक काउछामा पनि जीवन्त साहित्यीक प्रतिभा रहेको बताए ।
पुस्तकको समीक्षा गर्दै साहित्यकार हुमाकान्त पाण्डेले ‘जिन्दगी’ मा रहेका कथाहरु सामाजिक यथार्थतामा आधारित, सरल, रोचक र अनौपचारिक शैलीका भएको बताए ।
त्यस्तै पुर्व सांसद एवं साहित्यकारहरु रामचन्द्र भट्टराई र देबेन्द्र घिमिरेले समाज रुपान्तरणमा साहित्य र साहित्यकारको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए ।
लेखक काउछाले स्कूल पढ्दादेखि नै साहित्यमा रूची भएको स्मरण गर्दै २०५६ सालदेखि कथा लेख्न शुरु गरेको र २०७५ सालमा दुर्घटनामा परेर अस्पतालमा बस्दाको समयसम्म आठ वटा कथा पुगेपछि पुस्तकका रुपमा प्रकाशन गरिएको बताए । काउछाले यसअघि मगर चलचित्र ‘फेच्र्ह नमखान’ र नेपाली कथानक चलचित्र ‘डु यु लभ मि’ को कथा लेखेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस