काठमाडौं– दयाहाङ राई, कर्मा शाक्य र उपासना सिंह ठकुरी स्टारर सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’ को प्रदर्शन मिति पोस्टपोण्ड भएको छ । भाद्र १३ गतेलाई प्रदर्शन मिति पक्का गर्दै गीत समेत रिलिज भैसकेको सिनेमा अब भने असोज ३ गतेबाट आउने भएको हो । हेमराज विसी निर्देशित सिनेमा ’घामड शेरे’ले असोज ३ गतेको प्रदर्शन मिति परिवर्तन गरेसँगै ‘कबड्डी कबड्डी कबड्डी’ उक्त डेमा पुगेको हो । प्राविधिक कारणले सिनेमाको प्रदर्शन मिति सारिएको निर्माण टिमले जनाएको छ ।
‘कबड्डी कबड्डी कबड्डी’ को रिलिज डेट पोस्टपोन्ड भएसँगै भाद्र १३ गते नवल नेपाल निर्देशित तथा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता पुष्प खड्का स्टारर सिनेमा ’मारुनी’ले भने सोलो रिलिजको अवसर पाएको छ । ‘साहो’ र ‘कबड्डी कबड्डी कबड्डी’ को चेपुवामा पर्ने डरले ’मारुनी’ को प्रदर्शन मिति पोस्टपोन्ड हुने चर्चा सिनेवृतमा थियो । अन्तत: ‘कबड्डी कबड्डी कबड्डी’ले नै प्राविधिक कारण देखाउँदै प्रदर्शन मिति परिवर्तन गरेपछि ‘मारुनी’लाई केही हदसम्म फाइदा हुने देखिएको छ ।
स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहेको सिनेमामा रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन बिक्रम राई, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि.बि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको अभिनय छ ।
रामबाबु गुरुङ निर्देशित सिनेमा बासुरी फिल्मस र सिनेमा आर्टको प्रस्तुतिमा निर्माण भएको हो । माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको सिनेमामा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेका छन् । सिनेमाको सह-लगानीकर्ताको रुपमा रुदेन सदा लेप्चा छन् । सिनेमामा शैलेन्द्र ध्वज कार्कीको छायाँकन र सुरेन्द्र पौडेलको सम्पादन छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस