काठमाडौं- अभिनेत्री करिस्मा मानन्धरले राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीप्रति आक्रोस व्यक्त गरेकी छन्।
मंगलबार सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै नायिका मान्धरले केसीप्रति आक्रोश पोखेकी हुन्।
आफूहरुको परिवारको मामला अन्तर्वार्ताका क्रममा नकारात्मक तरिकाले प्रस्तुत गरिएको भन्दै उनले आक्रोश व्यक्त गरेकी हुन्।
नायिका मानन्धरको सो स्टाटस जस्ताको तस्तै हेर्नुहोस्
डा. सुरेन्द्र के.सी विश्लेषक , बोलिरहनु हुन्छ , तर कहिलेकाही के बोल्नु हुन्छ के !!!त्यो वाहाको बोलाइको आधारमा वहाको व्यक्तित्व आन्दाज गर्न मुस्किल जस्तो !!
हालै एउटा अन्तरवार्तामा वाहाले भन्नू भयेको रहेछ कि सिनेमाका व्यक्तिहरुले आफ्नो व्यबहार र आचरणका कारण आफुलाइ निम्न स्तरमा पारेका छन र उदाहरण दिदा मेरो श्रीमान बिनोद जी को नाम लिनुभएको रहेछ ।
पोखरामा बिनोद जी ले वाहालाई देखेपछि आफै गएर भेट्नु भयोरे अनि म करिश्माको श्रीमान भन्नू भयो रे तेस्ले बिनोद जी ले आफ्नो इज्जत घटाउनु भयो रे !! वाहाले म बिनोद मानन्धर भनेर किन नचिनाएको रे एस्ता त छन अनि के इज्जत हुनुरे ! ( बिनोद मानन्धर , ईश्वर मानन्धरको इतिहास हेर्नुस् अलिकति ) येदि करिश्मा के. सी ले आफ्नो जात बद्लेर करिश्मा मानन्धर गर्न सक्छ भने बिनोद जी ले म करिश्मा मानन्धरको श्रीमान भन्दा के बेइज्जत भयो ?
वाहाजस्तो व्यक्तित्व बाट मैले यो आसा गरेको थिइन ।
जबकी जब बिनोद जी पोखराबाट फर्किनु भयो कस्तो उत्साहित भयेर भन्दै हुनुहुन्थ्यो र भन्दै हुनुहुन्थ्यो मैले पोखरामा डा. सुरेन्द्र के . सी लाई भेटेनी , म आफै बोल्न गए , ( बिनोद जी ले सुरेन्द्र के.सी को सबै अन्तरवार्ता फलो गर्नुहुन्छ र वाहाको भनाइ मनपराउनु हुन्छ )
बिनोद जी ले आफ्नो परिचय दिदा करिश्माको श्रीमान भनेको ले बिनोद जी कसरी इज्जत बिहिन हुनुभयो डा . के सी ?
जो मानिस आफू राजा जस्तो बनेर हिड्न चाहान्छ नि उस्ले आफ्नो श्रीमतीलाई रानी सरहको व्यबहार गर्छ ।
अनि जो मनिस तपाईंको आगाडी सम्मानका साथ झुकेर बोल्न आउँछ नि त्यो उस्को कमजोरी होइन त्यो उस्को बडप्पन हुन्छ ।
तेइबेला तपाई , बिनोद र मेरि छोरी कविताको युटुब कुराकानी जब मेरो छोरिले सेयर गरन ममि भन्दा मैले गरिन, त्यो कुरामा कबु म संग रिसाएको थियो !! त्यो तपाईं प्रती उस्को सम्मान थियो बुझ्नुभयो ! तर त्यो कुराकानीमा मेरो परिवारको साधारण पन देखेर तपाईंको आनुहारको बेवास्ता मैले पढेकोले त्यो सेयर गरिन ।
आफ्नो ज्ञानलाई दम्भ होइन हजारौं नबलेका दियो बाल्ने ज्योती बनाउनुस ।
बिनोद मानन्धर तपाईंको तुलनामा कुनै कुरामा कम छैन ।
सबैभन्दा ठुलोकुरा उहाँमा मानवता छ र उहाले तपाईंले जस्तो आरुको नचाहने जजमेन्ट गरेर अरुको बारे गलत व्याख्या गर्नुहुन्न ।
अब आइन्दा बोल्दा विचार गर्नुहोला ।
सबैले सहदैनन। हामीले तपाईंको केही खाएको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस