काठमाडौं । गायिका कोपिला गौतमको नयाँ तिज गीत ‘आमाले पकाएको दर राम्रो’ सार्वजनिक भएको छ । म्यूजिक खबरको यूट्यूब च्यानलबाट सार्वजनिक भएको यो गीत तिजको अवसरमा नयाँ शैलीमा प्रस्तुत भएको छ । गायक पशुपति शर्मासँग गाएको गीत पोखरा फेवाताल, चन्द्र शर्मा र प्रचण्ड जिसीसँग गाएको तीज गीत चौतारी ताकेर जस्ता तीज गीतमा स्वर दिइसकेकी गायिका कोपिला गौतमले यसपालीको तिजमा पनि ‘आमाले पकाएको दर राम्रो’ ल्याएकी हुन् । पूर्वेली भाकाहरु देखि पश्चिमको दोहोरी गीतसम्म गाउँदै आएकी कोपिला गौतमले करिब दर्जनजति गीतमा स्वर दिइसकेकी छन् ।
‘आमाले पकाएको दर राम्रो–आफैंले रोजेको वर राम्रो’ गीतमा तिजको मौलिकतासँगै गोविन्दमधुर आचार्यले संगीत दिएका छन् भने उनकै संगीत संयोजन रहेको छ । लोकराज अधिकारीको शब्द रहेको ‘आमाले पकाएको दर राम्रो’ मा कोपिला गौतमको स्वर रहेको छ ।
यस गीतको म्यूजिक भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी छन् भने गीतमा कोपिला गौतम आफैं देखिएकी छन् भने चाहना राना मगरको अभिनय रहेको छ । सुरेश श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । गीतलाई शुभकामना मिडियाले बजार व्यवस्थापन गरेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस