काठमाडौं-तीजको छेकोमा तीजसम्बन्धी गीतहरु सामाजिक संजालमा पस्कने क्रम निकै बढेको छ । यसै बढ्ने क्रममा अभिनेत्री अनु शाहले अभिनय गरेको तीज गीत सार्वजनिक भएको छ ।
एक सोलो एल्बम् र तीन गीत यस अघि नै सार्वजनिक गरेकी गायिका कुसुम दाहालले यो तीजमा पनि ‘यसैपाली नााच्ने हो .’ बोलको गीत सार्वजनिक गरेकी छिन् ।
प्रवासमै बसेर पनि गीत गाउन सक्रिय कुसुम दाहालले एक वर्षअघि टिम अप गरेका गीतकार एवं संगीतकारहरुसाग मिलेर यस वर्षको तीजमा पनि तीज गीत सार्वजनिक गरेकी हुन् । गायिका कुसुम दाहाल भट्टराईको स्वरमा सजिएको गीतलाई यसपटक पनि दिग्गज धौरालीले लेखेका हुन् ।
अघिल्लो वर्षको ‘६० हजारको साडी …’ बोलको गीतलाई करिब सात लाख सतासी हजार दर्शकले हेरेका छन् । दर्शकको साथ पाए आगामी हरेक तीजमा एउटा तीज गीतको कोसेली आफ्ना शुभचिन्तकहरुलाई दिने गायिका कुसुम दाहालले बताएकी छिन् ।
‘यसैपाली नााच्ने हो ..’ बोलको यो वर्षको गीतलाई मौसम हिमालीले निर्देशन गरेका छन् । प्रवासी गायिका दाहालको मिडियामा आएको यो चौथो गीत हो । यस अघि उनका दुई सुगम संगीत र एक तीज गीत रिलिज भएका छन् भने गत वर्ष नै ‘नव कुसुम’ नामक एकल म्युजिक एल्बम रिलिज भएको थियो ।
‘यसैपाली नााच्ने हो ..’ बोलको गीतमा सिने अभिनेत्री अनु शाहले मोडलिङ गरेकी छिन् । उनलाई उमादेवी दाहाल र कोरशले साथ दिएका छन् । दीपक शर्माको संगीतमा नरेन्द्र वियोगीले एरेञ्ज गरेको गीतलाई गृष्मा भट्टराईले उत्पादन गरेकी हुन् ।
गीत हेर्न तलको लिंक क्लिक गर्नुहोस्
www.youtube.com/watch?v=lRwUxwrkKlQ
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस