काठमाडौं : रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर रविभवनले आयोजना गरिएको रोज ब्युटिसियन “श्रावन क्विन २०१९” को उपाधि व्युटिसियन मिना लामाले जितेकी छिन् ।
रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले ४० जना भन्दा व्युटिसियनहरुबीच श्रावन १५ गते खिर दिवसको दिन काठमाडौंको रविभवनमा रहेको रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरको प्रेक्ष्यालयमा “रोज ब्युटिसियन श्रावन क्विन–२०१९” आयोजना सम्पन्न गरेको थियो । उक्त प्रतियोगितामा फस्ट रनरअपको उपाधि ब्युटिसियन रिता लामाले र सेकेन्ड रनरअपको उपाधि ब्युटिसियन शान्ति तामाङले जितेका छन् ।
रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकि अध्यक्ष एवं बरिष्ट ब्युटिसियन सोनी कारञ्जित र रोज सिप विकाश तामिल केन्द्रकी प्रबन्ध निर्देशक तथा नेपालको कस्मेटिक साईन्समाअध्यनरत पहिलो नेपाली विधार्थी परिसी कारञ्जितले बिजेताहरुलाई क्राउन तथा स्यासे लगाईदिए भने गिफ्ट समेत प्रदान गरेका थिए ।
श्रावन महिना हरियो कलरको मौसम, महिलाहरु हरियो साडी, हरियो पोते, चुरा सहित हातमा मेहेन्दी लगाउने गर्दछन। उक्त कार्यक्रममा समेत सम्पूर्ण उपस्थित ब्युटिसियनहरु, कलाकारहरु तथा गायिकाले समेत हरियो पहिरनमा सजिदा माहोल एकदमै रोमान्चकारी बनेको थियो ।
यो प्रतियोगिताको निर्णायकमा चर्चित गायिका जुनु रिजाल काफ्ले, चर्चित हास्य कलाकार पल्पसा डंगोल तथा फेसन डिजाईनर काजल शर्मा रहेका थिए ।
रोज सिप विकाश तामिल केन्द्र मार्फत महिला दिदीबहिनीहरुलाई शिप सिकाएर आत्मानिर्भर बनाउनको साथै यस्तै धेरै कार्यक्रमहरु आयोजना गरि महिला दिदीबहिनीहरुको आत्माबल उच्च पार्दै सामाजिक कार्यमा समेत सक्रिय बनाउदै लागेको अध्यक्ष्य सोनी काररंजितले बताइन ।
रोज सिप विकाश तामिल केन्द्रकी प्रबन्ध निर्देशत तथा कस्मेटिक साईन्स अध्ययनरत पहिलो नेपाली बिद्यार्थी परिसी कारञ्जितले आफ्नो आमा सोनी कारञ्जितको प्रेरणामा अब ईन्डियामा पढाई सकेर नेपाल आई अन्तराष्ट्रिय स्तरको कस्मेटिक सामाग्रीहरु उत्पादन नेपालबाटै गर्ने प्रतिबद्धता जनाईन् भने आफ्नै देशमा उधोग स्थापना गरि धेरै भन्दा धेरै रोजगारीको अवसर सिर्जना गरि नेपाली युवाहरुलाई सक्षम बनाउने जानकारी गराईन ।
उक्त कार्यक्रमलाई गायिका तथा उद्घोषिका बिष्णुमाया पौडेलले संचालन गरेकी थिइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस