काठमाडौं : नेपाली हिन्दू महिलाहरुको महान् पर्व तीज नजिकिएसँगै तीज सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यसैक्रममा गायिका छनु गुरुङको स्वरमा रहेको तीज गीत ‘छम छमी नाँचौन…’ सार्वजनिक भएको छ । अमृत मरहठ्ठाको शब्द, पुष्कर सुनुवारको सङ्गीत रहेको तीज गीत ‘छम छमी नाँचौन…’को भिडियो सार्वजनिक भएको हो ।
कमल राईले निर्देशन गरेको गीतको भिडियोमा छनुले नै कम्मर मर्काएकी छन् भने उनलाई नृत्य र अभिनयमा अमृतले साथ दिएका छन् । शिव ढकालले छाँयाकन गरेको भिडियोलाई तारा थापाले सम्पादन गरेका छन् । सुनबहादुर गुरुङले निर्माण गरेको गीतको भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ ।
केही समय पहिला गायक प्रताप दासको साथमा ‘के पो भनम्ला…’ बोलको गीत’ बाट चर्चामा आएकी गायिका छनु गुरुङ’ले यो वर्षको तीजमा तीज गीत सङ्गीत प्रेमीहरुलाई र हिन्दू महिलाहरुको माहान् चाड तीजलाई मध्यनजर गर्दै ‘छमछमी नाचौंन…’ तीज गीत बजारमा ल्याएको र यसले आफ्ना अन्य गीतलाई जस्तै दर्शक÷स्रोताको माया पाउने बताइन । चलचित्रमा मेकअप आर्टिष्ट र गीतकारको रुपमा चर्चा कमाइरहेका अमृत मरहठ्ठाले तीजको गीतमा आफ्नो प्रथम प्रयास भएको भन्दै ‘सुनेर, हेरेर सल्लाह, सुझाब दिनुहोला’, भन्छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस