काठमाडौं साउन १७ । सर्जक किरण टी लिम्बुको गीति एल्बम ‘भावनाका फूलहरु ३’ लोकार्पण गरिएको छ । राजधानीको रातोपुल स्थित रकहाउस क्याफेमा शुक्रबार एक कार्यक्रमबीच गीति एल्बम ‘भावनाका फूलहरु ३’ लोकार्पण गरिएको हो ।
बरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा भएको विमोचन कार्यक्रममा बरिष्ठ सङ्गीतकार गणेश रसिक, गीतकार विश्व बल्लभ, गीतकार सङ्घका अध्यक्ष चूडामणी देवकोटा, मेजर काजीमान लिम्बुलगायतकाको आतिथ्यतामा गीति एल्बम लोकार्पण गरिएको थियो ।
एल्बम विमोचन पछि अतिथिहरुले मन्तब्यका क्रममा एल्बममा रहेका गीत मधुर र कणप्रिय रहेको भन्दै सर्जक किरण टी लिम्बूलाई बधाई तथा शुभकामना दिएका थिए ।
लोकार्पण कार्यक्रममा एल्बममा संलग्न सबैलाई मायाको चिनो प्रदान गरिएको थियो । गीतकार सङ्घले आयोजना गरेको कार्यक्रमको सहजीकरण सङ्घका महासचिव वसन्त वित्यासी थापाले गरेका थिए भने स्वागत मन्तब्य सङ्घका उपाध्यक्ष शुभ मुकारुङले राखेका थिए ।
एल्बममा ‘अलि अलि हास्दै…’ ‘सम्झना साथमा…’, ‘छोएर गयो…’, ‘यो आँखाले…’ र ‘दुईलाई गुणा गर्दा…’ जस्ता पाँच वटा गीत समावेस गरिएको छ । एल्बममा रहेको ‘छोएर गयो…’ गीतमा दीपा लामा र बलराम समालले अलग अलग स्वर दिएका छन् । अन्य गीतमा अनु चौधरी, राजेश पायल राई, दिपक लिम्बु र उत्तमजंग लिम्बु लावतीको स्वर रहेको छ । एल्बममा रहेका गीत मध्ये ‘छोएर गयो…’मा बलराम समालले सङ्गीत भरेका छन् भने अन्य गीतमा उत्तमजंग लिम्बु लावतीको सङ्गीत रहेको छ ।
सर्जक किरण टी लिम्बुको सार्वजनिक भएको यो तेस्रो गीति एल्बम हो । गीतकार सङ्घ नेपालका अध्यक्ष चुडामणि देवकोटाको सभापतित्वमा सम्पन्न भएको लोकार्पण कार्यक्रममा सर्जक, स्रष्टा र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस