नेपाली फिल्मका ‘ट्रेन्ड सेटर’ निखिल उप्रेती करीब ४ वर्षपछि पुनः फिल्म निर्देशनमा हात हाल्दैछन् । अभिनेत्री सञ्चिता लुईंटेलसँग दोस्रो विवाह गरेपछि उनले ५ वर्षपछि फिल्म ‘भैरव’ मार्फत् नेपाली फिल्ममा कमब्याक गरेका थिए, जसमा उनको अभिनय, निर्देशन र निर्माण थियो ।
यो फिल्मले बक्सअफिसमा जबरजस्त व्यापार गर्दै उनको कमब्याक सफल तुल्याएको थियो । तर, ‘भैरव’ पछि उनका कुनै फिल्म सफल भएका छैनन् ।
पैसामुखी भएको आरोप खेप्दै आएका उनी अहिले आफ्नो कमब्याक फिल्मको सिक्वेल निर्माणको तयारीमा छन् । फिल्मको नाम ‘आयो भैरव’ जुराइएको छ । लामो समयदेखि उनी आफैं फिल्मको कथा लेखिरहेका छन् । फिल्ममा उनी स्वयं प्रमुख भूमिकामा देखिनेछन् । भने, केही अन्य चलेका कलाकारहरुलाई पनि राख्ने तयारीमा निखिल छन् । सम्भवतः फिल्ममा उनको अपोजिटमा अभिनेत्री सञ्चिता लुईंटेल देखिनेछन् ।
यसअघि दुईले ‘मर्यादा’ र ‘माया त माया हो’ फिल्ममा स्क्रिन साझेदारी गरेका थिए । ‘माया त माया हो’ को सेटबाट दुईबीच प्रेम अंकुराएको थियो । विवाहपछि निखिल र सञ्चिताले सँगै फिल्ममा काम गरेका छैनन् । छुट्टा छुट्टै गरिरहेका छन् । दर्शक भने दुईलाई फेरि स्क्रिनमा हेर्न निकै आतुर छन् । हालै एक कार्यक्रममा अभिनेत्री लुईंटेलले ‘आयो भैरव’ मा आफू हुने वा नहुने भन्ने कुरा केही दिनमा थाहा हुने बताएकी थिइन् ।
प्राप्त जानकारी अनुसार, यस फिल्ममा अभिनेता सौगात मल्लको पनि प्रवेश हुनसक्ने सम्भावना बलियो छ । निखिलसँग उनको केही दिनयता फिल्मको विषयमा लगातार छलफल चलिरहेको छ । उनले फिल्मको फाइनल स्क्रिप्ट मागेको स्रोत बताउँछ । यसअघि निखिल र सौगातले फिल्म ‘संरक्षण’ मा काम गरेका थिए । फिल्ममा सौगात भित्रिएको खण्डमा ‘आयो भैरव’ मा कलाकारको लाइनअप बलियो हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस