काठमाडौं, १९ श्रावण ( मिस्टर प्लस साइज नेपाल २०१९ को उपाधी समिर लामाले जितेका छन् । लामाले टप फाईभका कुल पाँच प्रतिस्पर्धी मध्येबाट प्रस्तुतीका आधारमा उत्कृष्ट बन्दै मिस्टर प्लस साइज नेपालको पहिलो संस्करणको ताज पहिरिएका हुन । लामाले मुख्य उपाधी सहित मस्ट हेन्डसमको उपाधी र नगद पचास हजार रुपैयाँ पनि हात पारे । त्यस्तै प्रतियोगितामा नितेश चन्द मिस्टर फोटोजेनिकको टाईटल सहित फर्स्ट रनरअप बनेका छन् । फर्स्ट रनरअप बन्दै उनले तिस हजार नगद पनि हात पारे । प्रतियोगीहरु मध्येबाट अजय प्रधानले मस्ट टयालेन्टेड, निगम रेग्मीले मस्ट फ्रेन्डली र कमान लामाले मस्ट डिस्पिलिनको टाइटल सहित नगद बिस हजार प्राप्त गरे । विजेताहरुलाई कार्यक्रमका विशेष अतिथी उज्ज्वल जंग शाह, निर्णायकहरु शितल केसी, सुश्मा कार्की, सुजाता काफ्ले, लोकराज बराल, इश्वर बल्लभ उप्रेती र आयोजक संस्थाका प्रमुख डेभिल सिंह राजपुत, कोरियोग्राफर केडी भट्टले पुरस्कार एबम ट्रफी वितरण गरेका थिए ।
कार्यक्रम नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । कार्यक्रमको उदघाटन गर्दै अध्यक्ष श्रेष्ठले यस्ता सौन्दर्य प्रतियोगिताले प्रतिस्पर्धात्मक क्षमताको बिकास, ब्यक्तित्व बिकास र सिर्जनात्मक क्षमताको बिकासमा सहयोग पुग्ने धारणा राखेकी थिईन ।
कार्यक्रममा इभेन्ट ब्यवस्थापन संघका प्रवक्ता तथा नेपाल पत्रकार महासंघ, एशोसियट प्रदेश कमिटी सदस्य सरोज ओझा, स्वर्गिय विरेन्द्र स्मृति प्रतिस्ठानका अध्यक्ष शिवहरि खनाल, न्युजलाईन्स मिडियाका अध्यक्ष राजु भट्ट, मोडल सिलाष्मा हमाल , नोट डिजाईनर सुन्दर श्रेष्ठ लगायतको ऊपस्थिती रहेको थियो । कार्यक्रमको संचालन ऋषि श्रेष्ठले गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस