काठमाडौं : यल मिडियाद्धारा गत साता नाचघरमा आयोजित ‘मिसेज नेपाल ग्रान्ड २०१९’ को विभिन्न उपाधि बिजेताहरुलाई काठमाडौंमा एक समारोहबीच प्रमाणपत्र प्रदान गरिनुको साथै बधाई तथा शुभकामना प्रदान गरिएको छ ।
‘मिसेज नेपाल ग्रान्ड २०१९’ बिजेता सृजना श्रेष्ठ, फस्ट रनर अपको उपाधि बिजेता अञ्जली केसी शाह, सेकेन्ड रनर अप सृजना थापा श्रेष्ठ, थर्ड रनरअप एलिना घिसिङलाई कार्यक्रममा सम्बन्धित उपाधिको प्रमाणपत्र प्रदान गरियो ।
सोही कार्यक्रममा पब्लिक च्वाईस उपाधि बिजेता उषा राना केसी, मोस्ट एक्टिभ उपाधि बिजेता सृजना श्रेष्ठ, बेस्ट हेयर उपाधि बिजेता रविना थापा, बेस्ट भ्युज उपाधि बिजेता इच्छा राई, मस्ट ब्युटिफुल उपाधि बिजेता चेलिन महरा, बेस्ट स्माईल उपाधि बिजेता पूर्णिमा कोईरालालाई पनि कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो ।
गृहिणीहरुको व्यक्तित्व विकाशको लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष रमी श्रेष्ठले सो कार्यक्रममा बताउँदै बिजेताहरु सबैलाई बधाई ज्ञापन गरिन् ।
समारोहमा बिजेताहरुलाई कलाकार तथा मिडियाकर्मी सूर्य चन्द, युवा उधमी अनुपकुमार बराल, सञ्चारकर्मी डब्बु क्षत्री, सो कार्यक्रमका कोरियोग्राफर आश्विनीकान्त झा, होटल व्यबसायी बालकृष्ण पोखरेल, इभेन्ट आयोजक निशुकान्त झा, , कोरियोग्राफर दीपक बज्राचार्यलगायतले बिजेताहरुलाई प्रमाणपत्र प्रदान गरे । बिजेताहरुले केक काटेर खुसी साटेको सो समारोहमा उनीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस