काठमाडौं-राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘रातो टिका निधारमा’ को पहिलो गीत सार्वजनिक गरिएको छ ।
सार्वजनिक रोमान्टिक गीतमा डेब्यु ब्वाई अंकित शर्मा र सम्राज्ञी आरएल शाह फिचर्ड छन् । निर्माता तथा निर्देशक अशोक शर्माले फिल्मको रणनीति अनुसार नै रोमान्टिक नम्बर सार्वजनिक गरेको बताए ।
सार्वजनिक ‘मेरो माया के हो’ बोलको गीतमा निशान भट्टराई र अश्मिता अधिकारीको स्वर रहेको छ । यसलाई कल्याण सिंहले कम्पोज गरेका हुन् भने रवि मल्लको शब्द रहेको छ । गीतलाई वसन्त श्रेष्ठले कोरियोग्राफ गरेका हुन् ।
‘अल्लारे’ मा समावेश अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर फिचर्ड चर्चित गीत ‘रातो टीका निधारमा’ लाई यसफिल्ममा रि-एरेञ्ज गरिएको छ , जसलाइ निर्माण पक्षले केहि दिनपछी सार्वजनिक गर्नेछ ।
किरण शर्मा र कृति शर्माले निर्माण गर्ने यस फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको फिल्ममा अभिनय रहेकोछ ।
फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेकाछन् । यसमा कल्याणसंगै शम्भुजित बाँस्कोटाको पनि संगीत रहेको छ । बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र देव गुरुङको सम्पादन रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस