काठमाडौँ– दयाहाङ राई र दीया पुन स्टारर सिनेमा ‘दयारानी’ले नयाँ रिलिज डेट तय गरेको छ । निर्माण पक्षले नयाँ रिलिज डेटसहितको पोस्टरसमेत सार्वजनिक गरेको छ ।
महाशिवरात्रीको छेकोमा टिमले फागुन ९ गते नयाँ रिलिज डेट तोकेको हो।
‘दयारानी’ यो तेस्रो र अन्तिम रिलिज डेट हो। यसअघि जेठ १० मा आउने भनिएको सिनेमा साउन ३० मा सारिएको थियो । तर, त्यहाँ पनि रिलिज हुन् नसकेको सिनेमा झन्डै ६ महिना पछाडी धकेलिएको छ ।
निर्देशक माओत्से गुरुङले राम्रो रिलिज डेट नपाउदा गुनासो पोखेका छन् ।
प्राय: ठुला व्यानर र ब्राण्ड बनाइसकेका सिनेमाले छायाँकन पुर्व नै चाडको रिलिज तय गरिदिन्छन । त्यसले रिलिजको तयारी गरिरहेको सिनेमालाई असर पुग्ने उनको तर्क छ ।
‘हामी सिनेमाको सबै काम सकेर बसेकालाई हल छैन तर सुटिङमा नगएकाले हल ओगटेर राख्ने रोग रहेछ नेपाली सिनेमा उद्योगमा । यो रोग कहिलेसम्म रहने हो ?’ गुरुङले प्रश्न गरेका छन् ।
सिनेमामा दया र दीयाका साथ विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकार पनि अभिनय छ ।
सिनेमा आर्टस् र माओत्से फिल्मस्को ब्यानरमा निर्मित सिनेमाले खराब श्रीमान र दयालु श्रीमती बीचको कथा भन्छ ।
सिनेमालाई शैलेन्द्र ध्वज कार्कीको खिचेका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस