काठमाडौं : सौन्दर्य प्रतियोगिता मिस भ्याली आइकनको अडिसन २०१९को राजधानीमा अडिनस भएको छ । विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको क्वेष्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो प्रतियोगिताको पहिलो अडिसन आाइतबार बानेश्वरमा सम्पन्न भएको हो । मिस पूर्वाञ्चल २०१५की प्रियन्का श्रेष्ठ, मिस भ्याली आइकन २०१७की फष्ट रनरअप चण्डीका खडका, मेकअप आर्टिष्ट अमृत मरहठ्ठा र इभेन्ट म्यानेजर विकास श्रेष्ठले प्रतियोगीको अडिसन लिएका थिए । आजको अडिसनबाट एक दर्जन प्रतियोगी छनोट भएका छन् ।
पहिलो प्रतियोगिता सफलता पूर्वक सम्पन्न गरेको भ्याली आइकनले दोस्रो संस्करण गर्न लागेको हो । १६ देखि २८ उमेर समुहका एसईई उतिर्णले भाग लिन सक्ने यो प्रतियोगितामा सामेल हुन का लागि क्वेष्ट म्यानेजमेन्टको कार्यलय नयाँ बानेश्वर अर्थात सम्पर्क नं. ०१–४१०४१७३ र ९८४१४३६०२०मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।
अडिसनबाट छनोट भएका प्रतियोगीलाई विभिन्न विषयका विज्ञहरुबाट एक महिनाको तालिम प्रदान गरिने इभेन्ट म्यानेजर विकास श्रेष्ठले जानकारी गराए । तालिम अवधिमा कोरियोग्राफि, ग्रुमिङ, टेवल म्यानर, आर्ट अफ लिभिङ, सेलिब्रेटी अन्तरकृया, पब्लिक स्पिकिङ, हेयर एण्ड मेकअप क्लास, शारीरिक हाउभाउ, सोसियल मिडियामा प्रोफाईल, व्यक्तित्व विकास सम्बन्धि विभिन्न विज्ञहरुबाट कक्षा लिईने उनले जानकारी गराए ।
प्रतियोगिताका विजेताले इ स्कुटर, क्राउन, ट्रफी, म्युजिक भिडियो अभिनयको अफर र एक रात दुई दिन होलिडेज टुर वलथली भिलेज रिसोर्टमा वस्नको सुविधा लगायत विभिन्न गिफ्ट ह्याप्पर प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको कोरियोग्राफरमा मिस पूर्वाञ्चल २०१५की प्रियन्का श्रेष्ठ, कोर्डिनेटरमा मिस भ्याली आइकन २०१७की विजेता सिवानी भट्टराई, मिस भ्याली आइकन २०१७की फष्ट रनरअप चण्डीका खडका, सेकेण्डरनरअप स्वेता श्रेष्ठ, फेशन डिजाइनर जानु श्रेष्ठलगायतका रहेका छन् ।
प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, नेतृत्वदायी भुमिका निर्वाह एवम् सिर्जनात्मक कार्यमा लाग्न प्रतियोगीताले प्रेरित गर्ने आयोजकको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस