काठमाडौँ– ‘राष्ट्रिय अवार्ड-२०१८’ विजेता आयुषमान खुरना अभिनित सिनेमा ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज भएको छ । कमेडी ट्रेलरमा आयुषमान छाएका छन् । सिनेमामा उनले महिलाको भूमिका निर्वाह गरेका छन् ।
‘ड्रिम गर्ल’को कथा यस्तो युवकको हो । जसले रामलीलामा महिला बनेर सिताको भूमिका निर्वाह गर्छ । एक दिन उसको पिताले थाहा पाएर गाली गरेपछि उ कल सेन्टरमा जागिरे बन्न पुग्छ । त्यहाँ ग्राहक बनाउने क्रममा उसले महिलाको लवज र स्वरमा ग्राहकसँग अन्तरक्रिया गर्छ ।
उसको बोलिमा लठ्ठीएर थुप्रै पुरुषहरु प्रेममा पर्छन । जहाँ समलिंगी महिला पनि उसको प्रेममा पर्छिन । पूजा नामको उक्त पात्र आयुषमानले निभाएका छन् । स्वरबाटै प्रेममा परेका ती पात्रको लागि पूजा अर्थात आयुषमान ‘ड्रिम गर्ल’ सावित हुन्छिन । आयुषमानको प्रेमिका पनि छिन् । यिनै पात्रको वरिपरि घुम्ने सिनेमाको ट्रेलर रोमाञ्चक छ ।
राज शान्दिल्या निर्देशित सिनेमामा नुश्रत भरुचाको पनि अभिनय छ । सिनेमा सेप्टेम्बर १३ अर्थात भदौ २७ मा रिलिज हुँदैछ ।
आयुषमानको अर्को सुपरहिट
पछिल्लो समय कन्टेन्टबेस सिनेमामा काम गरिरहेका आयुषमानको करिअरमा ‘ड्रिम गर्ल’ अर्को सुपरहिट सिनेमा सावित हुने अनुमान गरिएको छ । युट्युबमा दर्शकले आयुषमानको तारिफ गर्दै कन्टेन्टबेस सिनेमा दिएकोमा धन्यवाद ज्ञापन गरेका छन् ।
आयुषमानका पछिल्ला केहि सिनेमा बक्सअफिस र समिक्षात्मक रुपमा लगातार सफल भैरहेका छन् । केहि दिन अगाडी मात्रै सिनेमा ‘अन्धाधुन’बाट आयुषमानले उत्कृष्ट अभिनेताको विधामा राष्ट्रिय अवार्ड हात पारेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस