पोखरा-नायिका नम्रता श्रेष्ठले चलचित्र नचल्नुमा निर्माण पक्षलाई दोष दिएकी छिन् । शुक्रबार पोखरामा चलचित्र पत्रकार संघ कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले यस्तो अभिब्यक्ति दिएकी हुन ।
आगामी ६ गते शुक्रबारबाट नेपालभर एकसाथ रिलिज हुँदै गरेको जाइराको प्रचारप्रसारका लागि पोखरा आएकी उनले एक पछि अर्को चलचित्र फल्प हुनुको कारण निर्माण पक्ष रहेको नम्रताले बताइन् । ‘चलचित्र निर्माण गर्ने युनिट बलियो भयो भने यस्तो समस्या आउदैन ।’
नम्रताले पछिल्लो समय चलचित्र रिसर्चबिना बनेकाले अलोकप्रिय बनेको धारणा ब्यक्त गरिन । तर उनले आफ्नो फिल्म भने दर्शकको चाहना अनुसारको रहेको दाबी गर्दै सबैको माया पाउने बिश्वास ब्यक्त गरिन ।
उनका अनुसार मिक्स मार्सलआर्ट भूमिकामा नारी प्रदान कथामा आधारित चलचित्रमा महिलाको आरोह—अवरोहलाई प्रस्तुत गरिएको छ ।
उनले सो चलचित्रका लागि ८ महिनाको मार्सलआर्ट तालिम समेत लिएकी सुनाईन । “जाइराको अफर आउँदा सक्दिन कि जस्तो लागेको थियो । निर्देशक आशुतोषराज श्रेष्ठले मेरै लागि चलचित्रको कथा तयार पारेका रहेछन् । उनले भनिन्, ‘कथाको स्क्रिप्ट पढदै जाँदा मन पर्यो अनि तयार भए ।’
जाइरामा नम्रता लिडरोलमा छिन् भने अनुपविक्रम शाही, प्रमोद अग्रहरी, सुजता श्रेष्ठ र सम्राट मगर लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस