काठमाडौं- वरिष्ठ चरित्र अभिनेत्री सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ । २००३ सालमा काठमाडौंको असनमा जन्मेकी अधिकारीले अहिलेसम्म पनि कलाकारितामा नै आफ्नो जिवन समपर्ण गरेकी थिइन् । उनी ६ वर्षकी छँदा नेवारी नाटक कचिमचा अर्थात् काँचो माटोबाट अभिनय यात्रा थालेकी थिइन्।
मनको बाँधबाट चलचित्रमा अभिनय सुरु गरेकी अधिकारीले चिनो, कन्यादान, वसन्ती, मुनामदनजस्ता चलचित्रमा प्रभावशाली अभिनय दिएर नेपाली चलचित्रको पर्दामा एक अविष्मरणीय कलाकारको रुपमा उनले इतिहास बनाएकी छन् ।
चलचित्र क्षेत्रबाट अलिकति टाढा रही काठमाडौँको डल्लुस्थित निवासमा आराम गरीरहेकी अधिकारी पछिल्लो समयमा अस्वस्थ थिइन् । टोल र छरछिमेकमा हुने क्लब स्थापना, सडक निर्माण र पुनर्निर्माणलगायत अन्य कार्यमा अग्रसर अधिकारीलाई टोलमा कलाकारभन्दा पनि समाजसेवी सुभद्रा दिदी भनेर धेरैजसोले चिन्ने गरेका छन् ।
बरिष्ठ चरित्र अभिनेत्री सुभद्रा अधिकारीले आफ्नी आमा स्व. नुरादेवी, स्व. पति कृष्ण प्रसाद अधिकारी र गुरु बद्री उस्तादमा समर्पण गर्दै २०६८ सालमा सुभद्रा अधिकारी फाउण्डेशन समेत स्थापना गरेकी थिइन् ।
२०२१ सालमा कृष्णप्रसाद अधिकारीसँग प्रेम विवाह गरेकी उनको पहिलो नाट्य अभिनय ‘कची मचा’ थियो । यसपछि उनले ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटकहरुमा अभिनय गरिन्। निर्देशक प्रकाश थापा निर्देशित फिल्म ‘मनको बाँध’ उनी अभिनीत पहिलो फिल्म हो ।
उनले ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसुत्र’, ‘आमा’, ‘आमाको माया’, ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत दर्जनौं फिल्ममा अभिनयसमेत गरेकी छिन्।
स्वर्गीय अधिकारीको शनिबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस