बर्दिबास : राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल धनुषाको अध्यक्षमा चर्चित गायक रुद्रसेन विश्वकर्मा चयन भएका छन् । मनको राजा, राम कशम, हामी सबै नेपाली, एल्वम् दिवानीको कानोमे आहाके झुम्का, कलियुग के खेल लगायतका चर्चित गीत तथा म्यूजिक भिडियो बजारमा ल्याएर चर्चामा रहेका गायक विश्वकर्मा प्रतिष्ठानको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । प्रतिष्ठानका २ नम्बर प्रदेश संयोजक कृष्ण गौतमको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले अध्यक्षमा विश्वकर्मा सहित वरिष्ठ उपाध्यक्षमा ईन्द्र कुमार थापा, उपाध्यक्षमा संजय कुमार यादव, महिला उपाध्यक्षमा सारथी लामा, महासचिवमा रामकुमार श्रेष्ठ, कोषाध्यक्षमा निरशा दुधराज, सचिवमा चिरन्जीवी गिरीलाई चयन गरेको हो । त्यस्तै प्रतिष्ठानको नयाँ सदस्यहरुमा निर कुमारी विश्वकर्मा, अम्बिका मण्डल, राजकुमार थापा, छेवाङ्ग लामा, टिवी पाख्रिन, प्रदीपजंग थापा, रामसरोज यादव, नितेश कुमार साह चयन भएका छन ।
प्रतिष्ठानले धनुषामा भएका सवै भाषाभाषिका लोक गला कलाको संरक्षण सम्वद्र्धन र प्रवद्र्धनमा काम गर्ने बताउँदै अध्यक्ष विश्वकर्माले आफुमा ठुलो जिम्मेवारी थपिएको बताए । आफुलाई योग्य सम्झेर जिम्मेवारी दिएकोमा अग्रज कलाकार, प्रतिष्ठानका पदाधिकारीहरु प्रति नव निर्वाचित अध्यक्ष विश्वकर्माले धन्यवाद समेत व्यक्त गरेका छन् । रुद्रसेन जस्तो ईमान्दार, कर्मठ र प्रभावशाली कलाकार प्रतिष्ठानको नेतृत्वमा आउनु गर्वको विषय भएको अन्य मनोनित पदाधिकारीहरुले बताएका छन् । लोक तथा दोहोरी गीत संगीतको जगेर्नाका लागि काम गरी रहेको प्रतिष्ठानको जिम्मेवारी युवा पुस्ताको काधमा आउनु राम्रो भएको उनीहरुको दावी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस