काठमाडौं : नेपाली हिन्दु महिलाहरुको विशेष पर्व हरितालिका तिजको अबसर पारेर शनिबार काठमाडौंमा अण्डर सफ्टको प्रायोजनमा रोज सिप विकाश तालिम केन्द्र रविभवनद्धारा आयोजित ‘अण्डर सफ्ट तीज विशेष कार्यक्रम–२०७६’मा उनीहरुलाई विशेष योगदान सम्मान प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा चलचित्र क्षेत्रमा निरन्तर योगदान पुर्याएकी हास्यब्याँग्य अभिनेत्री पल्लसा डँगोल (चम्सुरी), सञ्चारकर्मी तथा चर्चित कोरियोग्राफर जयन सुब्बा मानन्धर, कालज क्रियसनकी अध्यक्ष एवम् फेशन डिजाईनर काजल शर्मा र नारी मासिककी सञ्चारकर्मी सृजना दुवाललाई सम्मानित गरिएको हो ।
रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सोनी कारँजितले समारोहमा स्वागत मन्तव्य राख्दै रोज व्युटी पार्लरले हरेक वर्ष तीज विशेष कार्यक्रम आयोजना गर्दै आएको बताईन् । सोही अन्तर्गत यस वर्ष पनि तीज कार्यक्रम आयोजना गरिएको जानकारी गराईन् ।
कार्यक्रममा रोज ब्युटी पार्लरका विधार्थीहरुले फेशन सो गरेका थिए । फेसन शोका मोडलहरुमा सरिता मल्ल, सिमन श्रेष्ठ, मञ्जला डँगोल, दुर्गा श्रेष्ठ, मञ्जु श्रेष्ठ, निर्मला सिंह, आर्या नकर्मी, शर्मिला श्रेष्ठ, रस्मिका महर्जन र आरध्य गुप्ता थिए ।
काजल क्रियसन द्वारा तयार पारिएको लेहँगा, चोली, सारी, ब्लाउज, गाउन लगायत विभिन्न पहिरनमा सजिएर रोजका मोडलहरुले र्याम्पमा क्याटवाक गरेका थिए । फेशन सोइस्टपरमा रुपमा अभिनेत्री सँचिता लुईटेल थिईन् । सँचितासँगै रोज व्युटी पार्लरकी अध्यक्ष सानी कारँजित र फेसन डिजाईनर काजल शर्मा पनि र्याम्पमा उत्रिएका थिए । मोडलहरुलाई रोज व्युटिपार्लरका तर्फबाट नविना अधिकारी, रुपा बस्नेतलगायतले विभिन्न मेकअपमा सृँगारेर र्याम्पमा उतारेका थिए ।
समारोहमा व्युटिसियन ट्यालेन्ट नेपाल २०१९ का वितेज सरु जोशी, फस्ट रनरअप कविता लामा, सेकेन्ड रनरअप मुना श्रेष्ठ र पपुलर अवार्ड बिजेता इमिका श्रेष्ठले र्याम्पमा क्याटवाक गर्दै अन्डरसफ्टको नयाँ प्रोडक्ट सार्वजनिक गरेका थिए । फेशन शोको कोरियोग्राफी रोमी खड्गीले गरेकी थिईन् ।
कार्यक्रममा गायिका जुनु रिजाल काफ्लेले तीज गीत प्रस्तुत गरेर सहभागीहरुलाई नचाईन् । पल्पसाको प्रहसन पनि रोचक थियो । म्याकुरीले पनि कार्यक्रममा प्रहसन गरे । गायिका जुनु रिजाल र विष्णु न्यौपानले सञ्चालन गरेको गरेका थिए ।
कार्यक्रममा उत्कृकष्ट शृंगार गरेर आएका तीन महिलालाई रोज तिज क्विन–२०७६ घोषणा गरिएको थियो । रोज तीज क्वीन २०१९ को उपाधि बुटवलकी ब्युटिसियन गोमा पुनले, फस्ट रनरअपको उपाधि ब्युटिसिनय रिना तामाङले र सेकेन्ड रनर अपको उपाधि ब्युटिसियन भावना ढकालले प्राप्त गरे ।
समारोहमा नेपाल कस्मेटिक ब्यबसायी संघका अध्यक्ष रँजित पौडेल, बरिष्ट व्युटिसियनहरु डा. राजश्री श्रेष्ठ, संचारकर्मी सुर्य चन्द, सिता पाठक, सुमित्रा रँजित, शशी शाह, लक्ष्मी महत, अनिता खड्का रायमाझी, रश्मिला श्रेष्ठ, रिना अवाले, सुजना जोशी, शुलोचना श्रेष्ठ, रुस्का बैध श्रेष्ठ, शान्ता कार्की, बिन्दु शाह, शारदा, रचना शाक्य, रेनु राणा, सुजाता राई, मोडल सितास्मा हमाल मल्ल सहित विभिन्न व्यक्तिहरु अतिथि थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस