काठमाडौं : ‘मिष्टर वल्र्ड २०१९’को नेपाल प्रतिनिधि अक्षय रायमाझी स्वदेश फर्किएका छन् । उनी बुधबार अबेर राती स्वदेश फर्किएका हुन् । ६० बढी राष्ट्रका प्रतिनिधीलाई पछि पर्दै उत्कृष्ट १२ भित्र पर्न सफल उनले मल्टिमिडिया अवार्ड समेत नेपाल भित्र्याएका छन् ।
फिलिपिन्सको मनिलामा केही दिन पहिले सम्पन्न प्रतियोगितामा सगरमाथा, गौतम बुद्ध, हिमाल, नदीनाला लगायत नेपालको परिचान झल्कने भिडियो समेत उनले प्रस्तुत गरेका थिए । सोही भिडियोले उनलाई मल्टिमिडिया अवार्ड दिलाएको हो । अक्षयले नेपाली कलासंस्कृति झल्कने भोषभुषा सहितको काल भैरव नाँच समेत प्रतियोगितामा देखाएका थिए । उनको नाच धेरैले रुचाएको उनले बताए ।
‘शिर्ष उपाधि भित्र्याउन नसके पनि मल्टिमिडिया उपाधी भने नेपाल ल्याएको छु’ उनले खुसी हुँदै भने ‘ नेपालको लागि यो पनि खुसीको कुरो हो ।’ बिश्वका प्रतिनिधिलाई भिजिट नेपाल २०२०को निम्तो समेत दिएको बताएका उनले प्रतियोगिताबाट धेरै कुरा सिक्न पाएको सुनाए ।
अक्षय ‘मिस्टर नेपाल २०१७’का बिजेता हुन् । मिस्टर नेपाल आयोजक संस्था एक्सपोज नेपालले उनलाई ‘मिस्टर वल्ड’मा नेपालको प्रतिनिधिको रुपमा पठाएको हो । अक्षयलाई एयरपोर्टमा स्वागत गर्न एक्सपोज नेपालकी सिइयो अर्चना थापा लगायत पुगेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस