काठमाडौँ : भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ ।सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्याउने गर्छन् ।
कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानी पूजा आजा गर्ने गर्छन् । कुशको पूजा आजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औंसीमध्ये आजको औंसीलाई कुसेऔंसी भन्ने गरिएको हो ।
आफ्ना सन्तानलाई ताते-ताते गरेर हिँड्न सिकाउन, यो संसारका हरेक नयाँ चिजहरुसँग घुलमिल गराउन, उनीहरुलाई सही मार्गमा लैजान र सन्तानका आवश्यकतालाई आफ्नोभन्दा पहिलो प्रथमिकता दिएर पूरा गराउन सधैं आमाबुवाले प्रयास गरिरहन्छन् । सन्तान जति नै भए पनि आफ्ना बुवाआमाको लागि सबै सधैं प्रीय रहन्छन् । छोरा छोरीको पालन पोषण देखि हरेक कुरामा जति आमाको भूमिका हुन्छ त्यतिनै बुवाको पनि हुन्छ । भनिन्छ नि पितृदेवो भवः अर्थात् पिता भनेका भगवान हुन् ।
जसरी यो संसार देखाउनलाई आमाको भूमिका हुन्छ, त्यसैगरी पिताले पनि आफ्ना सन्तानलाई यस संसारमा ल्याउन र उनको उज्ज्वल भविष्य बनाउन सधैं प्रयास गरिरहेका हुन्छन् । कहिले अभिभावक बनेर, कहिले असल शिक्षक बनेर, कहिले साथी बनेर र कहिले प्रेरणाको स्रोत बनेर हरेक पिताले आफ्ना छोराछोरीको भविष्यलाई सफल बनाउन लागिपरेका हुन्छन् ।
हामी हिन्दु धर्मावलम्बीले मनाउँदै आइरहेका चाडपर्व सबै पर्व धार्मिक, साँस्कृतिक, परिवारिक र सामाजिक परम्पराका छन् । कुनै पर्व आमाको लागि विशेष, कुनै गुरुका, कुनै दाजुभाइका, कुनै दिदीबहिनीका सम्झना गर्न विशेष छन् । त्यस्तै, बुवाको सम्झना गर्नका लागि पनि भोलिको दिन महत्वपूर्ण मानिन्छ । हुन त बुवालाई माया गर्न वा बुवाको सम्झना गर्न कुनै दिन विशेष चाहिँदैन । यो प्रेम अटुट नै रहन्छ । तर, हिन्दु सनातन धर्म मान्नेले हरेक वर्षको भाद्र कृष्णपक्षको औंसी तिथिलाई पिताको मुख हेर्ने दिनको रुपमा मनाउने परम्परा छ ।
यस दिनमा पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्दछन् । औंसी तिथिहरुलाई विशेष गरेर पितृको सम्झना गर्न पनि महत्वपूर्ण मानिन्छ ।
त्यस्तै दिवंगत भइसकेका पिताहरुलाई छोराछोरीहरूले तस्वीर हेरेर सम्झने र पिताको नाममा घरमै वा तिर्थस्थलमा गएर तर्पण दिने चलन पनि छ । यस दिनमा काठमाडौंको गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहक्षेत्रलगाययका पवित्र तिर्थस्थल पुगेर स्थान गरी पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गर्दा पितृको आशिर्वाद प्राप्त हुने धार्मिक विश्वास छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस