एजेन्सी-कमजोर ‘वर्ड अफ माउथ’ को बावजूद पनि साउथ सुपरस्टार प्रभास अभिनीत ‘साहो’ ले बक्सअफिसमा रेकर्डतोड व्यापार गरिरहेको छ । पहिलो दिन नै फिल्मले चार भाषामा गरि १०४ करोडको व्यापार गरेको थियो । दोस्रो दिन पनि फिल्मले बक्सअफिसमा पैसाको वर्षात गरेको छ । ट्रेड पण्डितको अनुमान छ कि फिल्मले पहिलो हप्तामा नै कमाईको नयाँ रेकर्ड बनाउन सफल हुनेछ ।
यो फिल्मले हिन्दी भर्सनमा पहिलो दिन २४ करोड ४० लाखको व्यापार गरेको थियो । त्यस्तै, दोस्रो दिन शनिबार फिल्मको वर्ल्डवाइड कलेक्सन २०५ करोडभन्दा बढी रहेको ट्रेड एनालिस्ट रमेश बालाले ट्विटरमार्फत् जानकारी दिएका छन् । अर्का ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, दोस्रो दिन ‘साहो’ ले हिन्दी भर्सनमा पहिलो दिनभन्दा १ करोड २० लाख बढी अर्थात् २५ करोड २० लाखको व्यापार गरेको छ ।
हिन्दी भाषामा मात्र दुई दिनमा ५९ करोड ६० लाखको व्यापार गरेको प्रभास र श्रद्धा कपूर स्टारर फिल्म ‘साहो’ ले तेस्रो दिन (आइतबार) शुक्रबार र शनिबारको तुलानामा दोब्बर बढी व्यापार गर्ने अनुमान गरिएको छ । ‘बाहुबली’ को जबरजस्त सफलतापछि प्रभासलाई यो फिल्मबाट ठूलो अपेक्षा थियो । तर, समीक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया नमिल्दा उनी निकै निराश भएका छन् ।
भारतमा सर्वाधिक स्क्रिन पाएको ‘साहो’ को कथावस्तु निकै कमजोर छ । तर, मेकिङ उच्च छ । फिल्ममा प्रभास र श्रद्धासहित नील नितिन मुकेश, अरुण विजय, ज्याकी श्राफ, मन्दिरा बेदी, चंकी पाण्डे, महेश मान्जरेकर र मुरली शर्माले उम्दा अभिनय गरेका छन् । ३५० करोडमा निर्माण भएको फिल्मका निर्देशक सुजीत हुन् । कमजोर रिभ्यूका कारण फिल्म लामो रेसको घोडा बन्न नसक्ने देखिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस