काठमाडाैं-हत्तपत्त अभिनेत्रीहरु पर्दामा आमाको भूमिका निर्वाहा गर्न डराउँछन् । आमा बनेर अभिनय गर्दा हिरोइन बन्ने अवसर गुम्छ भन्ने सोचाइ उनीहरुमा व्याप्त छ । यसकारण पनि पर्दामा हिरो वा हिरोइनको आमा बन्न डराउँछन् अभिनेत्रीहरु । तर, अभिनेत्री प्रियंका कार्की भने करिअरको मध्यविन्दूमै आमाको रोलमा लगालग व्यस्त हुन थालेकी छिन् ।
एकातिर हिरोसँग रोमान्स गरेका फिल्म हलमा लाग्दै गर्दा अर्कोतिर उनी आमा बनेका फिल्म पनि प्रदर्शन भइरहेका छन् । दर्शक कन्फ्यूज हुन थालेका छन् अब उनलाई हिरोइन भन्ने कि यो वा त्यो कलाकारको आमा ? उमेरले ३२ वर्षमा रमाइरहेकी उनीमा अझै केही वर्ष हिरोइन बनेर राज गर्ने उमेर, फिगर र सौन्दर्य सबै छ । तर, उनी आमाको रोल गर्न पनि तयार हुन्छिन् ।
उनी पहिलो पटक फिल्म ‘नाई नभन्नु ल २’ मा बाल-कलाकार अनुभव रेग्मीको आमा बनिन् । त्यसपछि ‘नाई नभन्नु ल ४’ मा पनि उनी अनुभवकै आमाको भूमिकामा देखिइन् । आखाँमा ठूलो चस्मा र साडी लगाएर उनले आमाको भूमिकालाई न्याय दिने हर सम्भव प्रयास गरिन् । हिरोइनको रुपमा उनले जति प्रशंसा पाइन् त्योभन्दा कयौं आमा बन्दा उनको अभिनयको तारिफ भयो ।
यसैले पनि हुनसक्छ उनमा आमा बन्ने रहर थप जाग्न थालेको छ । संयोग नै भनौं, उनी जुन फिल्ममा आमा बनेकी छिन् ती फिल्म प्रायः हिट छन् । प्रियंका ‘छक्का पञ्जा २’ मा पनि अभिनेत्री स्वस्तिमा खड्काकी आमा बनिन् । पछिल्लो रिलिज फिल्म ‘हजार जुनीसम्म’ मा पनि उनी अनुभव रेग्मीकै आमाको भूमिकामा देखिइन् । तर, यो फिल्मले भने बक्सअफिसमा गतिलो व्यापार गरेन ।
लगातार पर्दामा आमाको भूमिकामा देखिँदै गर्दा दर्शकको मनमा भने अनेकौं प्रश्न जन्मन थालेका छन् । उनलाई आमा बन्ने रहर नै हो वा बाध्यता ? उनका एकाध फिल्म बाहेक लिड रोल रहेका फिल्मले राम्रो विजनेश गर्न सफल भएका छैनन् । उनीमा आफ्नै बलबुतोले फिल्म सफल बनाउने सामथ्र्य छैन । यसकारण कतै उनी आमा बनेरै भए पनि चित्त बुझाउने बाटो त खोज्दै छैनन् ?
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस