काठमाडाैं-फिल्म क्षेत्रमा वर्षा सिवाकोटीलाई असफल अभिनेत्री भन्ने गरिन्छ । उनको प्रमुख भूमिका रहेका कुनै फिल्मले अहिलेसम्म बक्सअफिस कलेक्सनबाट निर्माताको खल्ती भर्न सकेका छैनन् । अधिकांश निर्माता टाँट पल्टिएका छन् । पछिल्लो रिलिज फिल्म ‘वीर विक्रम २’ बाट उनी फ्लप श्रृंखलामा पूर्णविराम लाग्नेमा निकै आशावादी थिइन् । किनकि, उनले फिल्ममा अहिलेका चल्तीका अभिनेता पल शाहसँग रोमान्स गरेकी थिइन् । तर, फिल्मले हलमा हावा खायो ।
यो फिल्मको असफलतापछि उनी हच्किएकी छन् । हातमा आएका जुनसुकै स्क्रिप्ट र मेकर्सको फिल्म नछाड्ने शैलीले सफलताको महशुस नै गर्न नपाउँदै करिअर डुब्न लागेपछि उनी अब फिल्म छनोटमा गम्भीर देखिएकी छन् । करिअरलाई सुरक्षित अवतरण गर्न एक हिट फिल्मको खोजीमा रहेकी उनी अहिले हाँस्यकलाकार शिवहरी पौडेलको फिल्म ‘लक्का जवान’ मा व्यस्त छिन् । यो फिल्मको केही दिनयता काभ्रेमा छायांकन भइरहेको छ ।
फिल्ममा उनीसँगै किरण केसी, दीलिप रायमाझी, सलोन बस्नेत, शिवहरी पौडेल प्रियंका कार्कीलगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा वर्षाको जोडी दीलिप हुन् वा सलोन भन्नेमा अहिलेसम्म निर्माण टिमले गोप्य राखेको छ । तर, फिल्ममा उनले निर्वाहा गरेको भूमिका भने खुलेको छ । फिल्ममा उनी इन्स्पेक्टरको भूमिकामा देखिनेछिन् । बिहीबार उनले फेसबुक स्टोरीमा इन्स्पेक्टरमा पोशाकमा रहेको एक तश्विर साझेदारी गरेकी छन् ।
उनले पहिलो पटक फिल्ममा प्रहरी अफिसरको भूमिका निर्वाहा गरेकी हुन् । डुब्न लागेको करिअरको डुंगा बचाउन यो फिल्मले ठूलो भूमिका खेल्नेमा उनी विश्वस्त छिन् । एकथरी अभिनेत्री हुलमुलका फिल्म गरेर करिअरलाई घाटा भएको बताउँदै गर्दा वर्षाले भने कलाकारको ठूलो झुण्ड भएको फिल्म रोजेकी छन् । कतै उनी कलाकारको भीडै भीडमा हराउने त होइनन् ? आशा गरौं, उनको फ्लप श्रृंखला ‘लक्का जवान’ ले तोड्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस