काठमाडाैं-बलिउड अभिनेत्री सन्नी लियोनीले पहिलो पटक अभिनय गरेको नेपाली फिल्म ‘पासवर्ड’ यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । उनी आबद्ध भएकै कारण यो फिल्म चर्चामा छ । उनले यस फिल्मको एक आइटम गीतमा बोल्ड ठुम्का लगाएकी छन् । यो फिल्मको प्रिमियरमा सहभागी हुन उनी केही दिनमा नेपाल ओर्लिदैछिन् । फिल्मका निर्देशक सम्राट बस्नेत हुन् ।
सामान्य प्रचार गरिएको ‘पासवर्ड’ मा अनुपविक्रम शाही, विक्रम जोशी (विक्की), बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, छुल्ठिम गुरुङलगायतका कलाकारको अभिनय छ । फिल्मको केही सिनमा सन्नीले पनि अभिनय गरेको निर्माण टिमको भनाई छ । नेपालबाट चोरिएर लण्डन पुर्याइएको मन्दिरको मुर्ति नेपाल फिर्ता गर्न प्रमुख पात्रले गर्ने संघर्षमा फिल्म घुमेको छ ।
लामो समयदेखि यूकेमा बसोबास गर्दै आएका अभिनेता तथा निर्माता विक्रम जोशीले एक्सन, थ्रीलर र सस्पेन्स जनरामा ‘पासवर्ड’ ले भरपूर मनोरञ्जन दिने दाबी गरेका छन् । यूकेबाट सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले फिल्ममा आफूलाई धनि पिताको एक व्यापारी छोराको भूमिकामा देख्न सक्ने बताए । देशभक्ति युवकको बलियो भूमिकामा आफूलाई उतारेको उनको भनाई छ ।
यस फिल्मका निर्माता मध्येका एक विक्रमले यसअघि आफूले निर्माण र अभिनय गरेको फिल्म ‘ह्याप्पी डेज’ मै अभिनेत्री सन्नीलाई अभिनय गराउने प्रयास गरिएको भएता पनि ठूलो बजेट लाग्ने भएकाले सम्भव नभएको बताए । ‘पासवर्ड’ का लागि अफर गर्दा सन्नीले सहर्ष स्वीकार गरेको उनी बताउँछन् । सन्नीलाई प्रचारका लागि मात्र फिल्ममा नअटाइएको उनको जिकिर छ ।
उनलाई फिल्ममा लिनुको कारणबारे विक्रम भन्छन्, ‘उहाँ (सन्नी) जोडिँदा ‘पासवर्ड’ को पब्लिसिटी हुन्छ भने त्यो हाम्रो लागि राम्रो हो । हाम्रो मुख्य उद्येश्य अन्तर्राष्ट्रिय रुपमा नेपाली फिल्मको पहुँच पुर्याउनु हो । जसको लागि चर्चित विदेशी कलाकारलाई जोडेका हौँ ।’ फिल्ममा सन्नीको भूमिकाको बारेमा दर्शकमा उब्जिएको कौतुहलताको जवाफ हलमै मिल्ने उनले बताए ।
यो फिल्मले जघन्य अपराधको विरुद्दमा लड्नु पर्ने सन्देश प्रवाह गर्ने उनको कथन छ । आफूले निर्माण गरेका फिल्ममा आफैं प्रमुख भूमिकामा अभिनय गर्दै आएका विक्रमले कथाको माग अनुसार नै आफूले अभिनय गरेको बताउँछन् । ‘पासवर्ड’ मा लगानी गर्नुको कारण बताउँदैै उनी भन्छन्, ‘कथा मन परेपछि लगानी गर्न राजी भएको हुँ । यो कथामा केहि नयाँ गरौँ भन्ने हुटहुटी मनमा जागेपछि निर्माणको निर्णय गरेँ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस