काठमाडाैं-दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चपली हाइट’ को तेस्रो पार्ट निर्माण हुने भएको छ । निर्देशक परिवर्तन गर्दै मंगलबार ‘चपली हाइट ३’ को औपचारिक निर्माण घोषणा गरिएको छ । फिल्मलाई ‘फाटेको जुत्ता’ फेम्ड निर्देशक निकेश खड्काले निर्देशन गर्दैछन् । चैतमा प्रदर्शनमा आउने यो फिल्ममा पहिलो पार्टमा प्रमुख भूमिका निभाएका अभिनेता आमिर गौतम मात्र दोहोरिएका छन् ।
अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले संयुक्त रुपमा निर्माण गर्ने फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काको प्रमुख भूमिका रहनेछ । अर्जुन कुमारले निर्माण गर्ने यो फिल्ममा उनको जोडी नव-अभिनेता महेश त्रिपाठीसँग बाँधिएको छ । फिल्म ‘रणवीर’ बाट अभिनयमा राम्रो सम्भावना देखाएकी अभिनेत्री सुपुष्पा भट्ट र नव-अभिनेता प्रतिक श्रेष्ठको पनि ‘चपली हाइट ३’ मा अभिनय रहनेछ ।
अभिनेत्री स्वस्तिमाले कथावस्तु राम्रो लागेका कारण फिल्म छाड्न नसकेको बताइन् । ‘मलाई आफ्नो भूमिका निकै शक्तिशाली लाग्यो । टिम पनि राम्रो पाएँ । नाम नै ब्रान्ड भइसकेको सिरिजमा आबद्ध हुन पाउँदा निकै खुसी महशुस भएको छ’, उनले भनिन् । अर्की अभिनेत्री सुपुष्पा पनि फिल्म गर्न सहर्ष स्वीकार गर्नुको कारण स्क्रिप्ट रहेको बताउँछिन् । आफू फिल्मलाई लिएर उत्साहित रहेको उनले बताइन् ।
चैतमा प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको ‘चपली हाइट ३’ को घोषणा सभामा निर्माता अर्जुन कुमारले आफूले निर्माण गर्ने तीन नयाँ फिल्मको पनि घोषणा गरे । उनले यो फिल्मपछि दुई वर्ष अगाडि नै घोषणा गरिएको फिल्म ‘फाटेको जुत्ता’ को दोस्रो पार्ट निर्माण गर्ने भएका छन् । त्यसपछि ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक फिल्म सुरु गर्ने उनले बताए । उनी निर्मातासँगै गायक पनि हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस