पोखरा-पोखराबाट सञ्चालित साङ्गीतिक अभियान सुगम सङ्गीत यात्राको स्वर्ण शृङ्खलामा गायक पशुपति गुप्ता र गायिका इतु जोजिजूलाई सुगम सङ्गीत सम्मान प्रदान गरिने भएको छ ।
वि. सं. २०४७ मा ‘सुधा सागर’ बोलको गीत रेकर्ड गरेर सुगम सङ्गीतमा लागेका पोखरेली गायक गुप्ताका ‘हत्केलामा’, ‘तिम्रै मायाको प्यासी’ , ‘परप’, ‘कहिले मिलन कहिले विछोड’ लगायतका सुगम गीतहरु रेकर्ड भएका छन् ।
त्यसै गरी, वि. सं. २०५४ मा ‘माया गर्छु भनेर’ बोलको गीत रेकर्ड गरेर सुगम सङ्गीतमा लागेकी पोखरेली गायिका इतुको ‘चरणामृत’, ‘चयन’, ‘चिनो’र ‘चहक’ गरी ४ ओटा एल्बम बजारमा आइसकेका छन् ।
त्यो कहिले घाम कहिले छाया होस्, जहाँ भ्रमर छ, बिर्सन सजिलो भएन लगायत चर्चित गीतका गायिका इतुका हालसम्म १ सयभन्दा बढी गीत रेकर्ड भएका छन् । इतु पोखरेली गायिकाहरुको संस्था हार्मोनी पोखराकी अध्यक्ष समेत हुन् ।
पोखरामा क्रियाशील ३ ओटा साङ्गीतिक संस्था अनुपम म्युजिक, त्रिवेणी सङ्गीतालय र जे. ई. म्युजिक एकेडेमीको संयुक्त सञ्चालनमा मासिक रुपमा सुगम सङ्गीत यात्रा हुँदै आएको छ ।
आगामी भदौ २८ गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घमा हुने यात्राको स्वर्ण शृङ्खलामा रामभक्त जोजिजू, इतु जोजिजू, पशुपति गुप्ता, लक्ष्मी गिरी, ज्ञान थापा, रोम तामाङ, एम. डी. काफ्ले, जय चापागाईँ, देवीमाया गुरुङ, पिङ्गला भट्ट, सन्तोष बस्याल, सन्तोष पराजुली, सुनील बराल, रोहनजङ कार्की, उपेश थापा, प्रज्ज्वल भित्रीकोटी, योगेश गौतम, कमला अर्याललगायत पोखराका डेढ दर्जन नयाँ तथा पुराना कलाकारले प्रत्यक्ष वाद्यवादन सहित साङ्गीतिक प्रस्तुति दिने छन् ।
वि. सं. २०७२ साउन २ गते पोखराको तालबाराहीबाट सुरु भएको यात्रा पोखरा वरिपरिका विभिन्न ठाउँ लगायत तनहुँ, पर्वत, काठमाडौँ, दार्जिलिङ लगायतका ठाउँमा सम्पन्न भइसकेका यात्राका अध्यक्ष अनुराग अधिकारीले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस