काठमाडौं– करिव दुई वर्षअघि गायक मानस राजले एउटा गीत सार्वजनिक गरे, जसको शीर्षक थियो-भाइरल भैदियो । उक्त गीतको भिडियो हालसम्म करिव तीन करोड पटक हेरिएको छ । फरक शैलीको उक्त गीत तथा पृथक शैलीको म्युजिक भिडियोका कारण उक्त गीत र म्युजिक भिडियो नै लोकप्रिय भयो । भिडियामा बाल नृत्यांगना दीक्षा ठकुरीदेखि सबिन कार्कीसम्मको आकर्षक नृत्यले दर्शकलाई लोभ्याएको थियो ।
पृथक शैलीको पहिलो गीतका कारण नै सांगीतिक क्षेत्रमा स्थापित भएका गायक मानस राज यतिबेला पुनः त्यस्तै शैलीको गीत तथा म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् ।
‘मै हुँ हिरो….’ शीर्षकको उक्त गीतमा गायक मानस राजकै शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ । यो गीतको म्युजिक भिडियोलाई पनि गायक मानस राजले नै निर्देशन गरेका हुन् ।
यसपटक पनि गायक मानस राजले डान्सिङ बिटमै आधारित गीत तयार पारेका छन् । गीतका शब्दले नै हरेक व्यक्तिमा आत्मविश्वास झल्काउँछ, अनि भन्छ- ‘मेरो लागि मैं हुँ हिरो…।’
प्रस्तुत गीतको म्युजिक भिडियोमा भाइरल भैदियो गीतको भिडियोकै बाल नृत्यांगना दीक्षा ठकुरीले आकर्षक नृत्य गरेकी छिन् भने बुगीउगीका टप टेन फाइनालिष्ट शुभम भुजेलले पनि उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन् ।
‘यो गीत तथा म्युजिक भिडियोले हरेक व्यक्तिलाई सकारात्मक सन्देश दिन्छ, गायक मानस राजको भनाइ छ । गीत तथा भिडियोले दर्शकको मन जित्न सक्ने कुरामा गायक मानस राज ढुक्क देखिन्छन् ।
संगीतकार राजश ईशानद्वारा संगीत संयोजन गरिएको यो गीतलाई प्रदीप जोशीले मिक्सिङ गरेका हुन् । भिडियोमा भने शुभम भुजेलको कोरियोग्रँफी छ । ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिएको उक्त भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।
‘मैं हुँ हिरो’ को कभर भिडियो कन्टेष्ट
यसैबचि गायक मानस राजले ‘मैं हुँ हिरो…’ गीतको म्युजिक भिडियो सार्वजनिक गरे लगत्तै यसको कभर भिडियो कन्टेष्ट पनि घोषणा गरेका छन् ।
त्यसका लागि सहभागि युवा–युवतीहरुले उत्तः गीतमा आधारित कभर भिडियो बनाएर आफ्नै यूट्युब च्यानलमा अपलोड गर्नु पर्नेछ भने उक्त भिडियोको लिंक गायकलाई इमेल गर्नु पर्नेछ । अक्टोबर ३०, २०१९ सम्म सञ्चालन हुने यो कन्टेष्टका विजेताले गायक मानस राजको आगामी म्युजिक भिडियोमा फिचर हुने मौका पाउने छ । यो प्रतियोगिताको नजिता डिसेम्बर ३०, २०१९ का दिन सार्वजनिक गरिने गायक मानस राजले बताएका छन् ।
कभर भिडियोको लिंक manasraj01@gmail.com मा पठाउनु पर्नेछ ।
यस्तो छ भिडियो
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस